Monday, June 13, 2011

लमजुङमा एमालेको पर््रदर्शन

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख १७ गते । नेकपा एमाले लमजुङले राष्ट्रिय सहमति कायम गर्न माग गर्दै आज सदरमुकाम वेसीशहरमा पर््रदर्शन गरेको छ । एमालेले तोकिएको समयमा संविधान निर्माण गर्न र माओवादी लडाकुहरुको तत्काल व्यबस्थापन गर्न समेत माग गरेको छ । एकीकृत माओवादीले राजधानी काठमाडौँ र मुख्य शहरहरुमा गर्ने भनिएको जनपर््रदर्शन हिंसात्मक हुने संकेत देखिएको भन्दै देशलाई मुठभेडमा नलैजान एमाले लमजुङले खबरदारी गरेको हो ।

शान्ति र संविधान, एमालेको अभियान' भन्ने नारा लिएर एमालेका सयौँ कार्यकर्ताले सदरमुकाम वेसीशहरको मनाङे चौतारादेखि शेराबजार हुँदै फूलवारी मञ्चसम्म पर््रदर्शन गरेका थिए । गाउँगाउँवाट आएका एमाले कार्यकर्ताले देश गम्भीर मोडमा उभिएको भन्दै एकीकृत माओवादीलाई राष्ट्रिय सहामतिमा आउन आग्रह समेत गरेका छन् ।

पर््रदर्शनपछि फूलवारी मञ्चमा आयोजना गरिएको जनसभालाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल सहर्-इन्चार्ज टुका हमालले माओवादीको आन्दोलन हिंसात्मक गतिविधितर्फअघि बढेकाले आफैँका लागि घातक हुने वताउनुभयो । एमाले केन्द्रीय सदस्य गणेश तिमिल्सेनाले माओवादी राष्ट्रिय सहमतिको बाधक भएको भन्दै संविधान नबन्नुमा मुख्य जिम्मेवार माओवादी रहेको आरोप लगाउनुभयो । जनसभामा बैकल्पिक केन्द्रीय सदस्य टुकराज सिग्देल, एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घले, निवर्तमान सचिव मायानाथ अधिकारी, उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी तथा जनबर्गीय संगठनका प्रमुख एवं प्रतिनिधिहरुले सत्ताको लुछाचुँडी भन्दा शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याई नयाँ संविधान निर्माणमा सवै एकजुट भएर लाग्नुपर्ने वताएका थिए ।

कार्यक्रममा जनसांस्कृतिक मञ्चका कलाकाहरु पवित्रा थापामगर, मञ्जु विश्वकर्मा, रामचन्द्र अर्याल, रामबहादुर विश्वकर्मा लगायतले जनवादी संागीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung
UML Besisahar, Lamjung

Posted on:May 1, 2010, 6:28 am

No comments:

Post a Comment