Monday, June 13, 2011

विष्फोटक पदार्थ सहित ६ पक्राउ

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख १७ गते । विस्फोटक पदार्थ लिएर लमजुङबाट काठमाण्डौं जाँदै गरेका ६ जनालाई शुक्रबार प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ । लमजुङवाट काठमाण्डौं जाँदै गरेको बा १ ज ९७३५ नम्वरको माईक्रोबस जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर तमाङ, सोनाम घोताङ, सिंहबहादुर तमाङ, मानबहादुर तमाङ, दमै घिसिङ र संखुवासभाका कबिन जिमी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले ५ केजी जिलेटिन, ७२ थान केप र ३ सय मिटर लामो बिजुलीको तार बरामद गरेको छ । पक्राउ पर्नेमा माओवादी र्समर्थक हुनसक्ने र शनिवार काठमाडौँमा आयोजना गरिने कार्यक्रममा भाग लिन जान लागेको अनुमान प्रहरीले गरेको छ । तर, पक्रेकाहरुले आफू निर्माणाधिन वेसीशहर-चामे सडकमा काम गर्ने मजदुरहरु रहेको वताएकाछन् ।

नियमित चेकजाँचको क्रममा दिउँसो सवा ४ बजे विष्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । माओवादीले भोलि शनिवारदेखि राजधानीमा गर्ने भनेको आन्दोलनको लागि सो विस्फोटक पदार्थ लैजादै गरेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुसंग थप बयान लिईरहेको जनाएको छ ।




Posted on:May 1, 2010, 7:26 am

No comments:

Post a Comment