Sunday, June 19, 2011

लमजुङमा बाहुनडाँडा कपको तयारी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ १६ गते ।
लमजुङ सदरमुकाम वेसीशहरबाहिर र्सवाधिक ठूलो धनराशी पुरस्कारको वाहुनडाँडा कप रनिङ शिल्ड फूटवल प्रतियोगिता आगामी भदौ अन्तिम साता आयोजना गरिने भएको छ ।
आयोजक योङस्टार क्लबले सदरमुकाम वेसीशहरमा पत्रकार सम्मेलन गरि आगामी भदौ २७ गतेदेखि बाहुनडाँडाको फूटवल खेल मैदानमा रनिङ शिल्ड फूटवल प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।

खेलको विकास गाउँगाउँवाट भन्ने नाराका साथ क्लबको १४ औँ बाषिर्क उत्सव तथा तीजको अवसर पारेर आयोजना गर्न लागिएको रनिङ शिल्ड फूटवल प्रतियोगितामा पुरुषतर्फप्रथम हुने टीमलाई नगद २५ हजार, बाहुनडाँडा कप रनिङ शिल्ड, स्वर्ण्र्ाादक र प्रमाण पत्र, द्वितीय हुने टीमलाई नगद १५ हजार, रजत पदक र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ५ हजार, कास्य पदक र प्रमाण पत्र दिइने आयोजकले घोषणा गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र र्सवाधिक गोलकर्तालाई नगद १ हजारका साथमा ट्रफी र प्रमाण पत्र दिने वताईएको छ । महिलातर्फप्रथम हुनेलाई नगद ५ हजार, रनिङ शिल्ड, स्वर्ण्र्ाादक र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद ३ हजार, रजत पदक र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ ।

त्यस्तै लोकदोहोरीमा प्रथम हुनेलाई एकहजार पाँचसय र प्रमाणपत्र, द्वितीय हुनेलाई १ हजार र प्रमाणपत्र र अन्य प्रतियोगिताका लागि पनि आकर्ष पुरस्कार प्रदान गरिने योङस्टार क्लबका अध्यक्ष डीलप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएकाछन् ।



Posted on:August 31, 2010, 10:27 pm

No comments:

Post a Comment