Sunday, June 19, 2011

समानान्तर सरकार निर्माण गर्र्छौँ : अध्यक्ष लेखी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ १६ गते ।
आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरुको मागलाई सरकार र राजनीतिक दलले वेवास्ता गरेमा समानान्तर सरकार, निकाय र संगठन निर्माण गर्ने चेतावनी दिएकाछन् ।
राजनीतिक दलको अदूरदर्शीताका कारण आदिवासी जनजातिले चाहेजस्तो संविधान निर्माण हुनेमा आशंका ब्यक्त गर्दै अध्यक्ष लेखीले त्यसका लागि आगामी ३ महिना आन्दोलन गर्ने घोषणा गरेकाछन् । जनादेश पुरा गर्न नसकेका राजनीतिक दलले कुनैपनि बहानमा पुरानै संविधानलाई बिउँताउने प्रयास गरेको अध्यक्ष लेखीको आरोप छ ।

लमजुङ सदरमुकाम वेसीशहरको तमू संग्रहालयमा आज बुधवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै उनले भदौ, असोज र कार्तिक महिनाभरि आदिवासी जनजातिले नेपालभरका सवै गाविसमा एकैपटक आन्दोलन गर्ने वताए । तीन महिने आन्दोलनलाई सरोकारवालाले चासो नदिएमा त्यसपछिको आन्दोलन सरकार र सत्ताकेन्द्रीत हुने अध्यक्ष लेखीको भनाई छ ।

आदिवासी जनजातिको आन्दोलनलाई चानचुने रुपमा नलिन आग्रह गर्दै अबको आदिवासी जनजाति आन्दोलन संविधान केन्द्रीत मात्र नभईकन मूल धारको रहने लेखिले दावी गरे । यसका लागि तीन बर्षम्म कुनै राजनीतिक दलले सभाषद् वा मन्त्री बनाईदिने आश्वासन दिएपनि नजाने उनको भनाई छ । 'तीनवर्षछि पदवाट मुक्त भएपनि आदिवासी जनजाति विरोधी एनजीओ खोलेर बस्दिन', अध्यक्ष लेखीले भने, 'बाँचुञ्जेल आदिवासी जनजातिको पक्षमा लड्ने छु ।' र् वर्तमान समयमा अतिवादी र समपर्ण्र्ाादीले आदिवासी आन्दोलन चुहाउने खेल खेलिरहेको आरोप लगाउँदै त्यसको जालमा आदिवासी जनजाति कहिल्यै नफस्ने लेखीले वताएकाछन् ।

जलवायु परिवर्तन, रेड र आदिवासी जनजाति संवन्धि अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य शान्ता चौधारीले सवै राजनीतिक दलले साथ दिएमा तोकिएको समयमा संविधान निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । संविधान सभा अन्तरगतको प्राकृतिक स्रोत साधन समितिका सभापति समेत रहेका चौधरीले आदिवासी जनजातिलाई त्यस ठाउँको जल, जमिन र जंगल उपयोग गर्न पाउने खालको संविधान निर्माणका लागि आदिवासी जनजाति सभाषद्हरुले पहल थालेको जानकारी दिईन् ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष खेमजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फिलिपिन्सका जलबायु परिवर्तन संवन्धि विशेषज्ञहरु, राजनीतिक दल, जिल्लास्थित आदिवसी जनजातिका अगुवाहरु लगायतले तोकिएको समयमा आदिवासी जनजातिले चाहेको नयाँ संविधान जारी हुनुपर्नेमा जोड दिएका थिए ।

नोट : News पठाएको समय बुधवार साँझ ५ : ३० बजे








Posted on:September 2, 2010, 2:21 am

No comments:

Post a Comment