Sunday, June 19, 2011

पर्ूव विद्यार्थी भण्डारीद्धारा सहयोग

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
लमजुङ, भदौ ११ गते ।
लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नम्बर ५, पामचोकस्थित सरस्वती सदन निम्न माध्यमिक विद्यालयलाई त्यस विद्यालयका पर्ूव विद्यार्थी गुमानसिंह भण्डारीले नगद सहयोग गर्नुभएको छ ।
मनाङे चौतारा घर भई हाल आफगनिस्थानमा कार्यरत भण्डारीले स्वदेश आएको मौका पारेर विद्यालयलाई १० हजार १ सय ५० रुपैँया नगद सहयोग गनुभएको हो ।

सिम्पानी गाविस ४, सेग्लेमा जन्मनुभएका भण्डारीले हालै विद्यालयमा गएर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दराज भण्डारीलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । भण्डारीले ३ दशक अघि सरस्वती सदन निम्न माध्यमिक विद्यालयमा तीनवर्षपढ्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भोजबहादुर भण्डारीले विद्यालयलाई सहयोग गर्ने पर्ूव विद्यार्थीलाई स्वागत गर्नुहुँदै धन्यावाद दिनुभएको थियो ।

भण्डारीले यसअघि कल्केश्वरी आमा समूहको भवन निर्माणका लागि १३ हजार रुपैँया सहयोग गरिसक्नुभएको छ । त्यस्तै सदरमुकाम वेसीशहरको त्रिवेणी टोलमा निर्माणाधिन त्रिवेणी त्रिपुरेश्वर शिव मन्दिरलाई पनि गुमानसिंह भण्डारीले २५ हजार सहयोग गरिसक्नुभएको छ ।
Guman-Sing-Bhandari
Guman-Sing-Bhandari
Guman-Sing-Bhandari

Posted on:August 27, 2010, 10:07 pm

No comments:

Post a Comment