Sunday, June 5, 2011

गाउँलेद्वारा महिलालाई पाठेघर खस्नेगरि कुटपिट

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ २८ गते ।
लमजुङको बिकट ग्रामीण क्षेत्र नौथर गाउँ विकास समिति वडा नं. ५, जितौरेका ४८ वषिर्या काम्स्यो गुरुङलाई गाउँका पुरै बासिन्दाले पाठेघर खस्नेगरि कुटपिट गरेकाछन् ।
आफ्नो घरमा छोराछोरीसंगै टेलिभिजन हेरिरहेका गुरुङलाई गाउँका १४ घरपरिवारका महिलाहरुले एक्कासी आएर कुटपिट गरेका हुन् । कुटपिटपछि अचेत अवस्थामा पुगेका गुरुङ लमजुङमा उपचार हुन नसक्दा काठमाडौँ लगिएकोमा डाक्रटले अप्रेशनका लागि दुर्इ महिनाको समय दिएपछि लमजुङ सदरमुकाम वेसीशहरमा बाहिनीकोमा शरण वस्दै आएकीछन् ।


गाउँलेको कुटपिटवाट गत भदौ १४ गतेदेखि विस्थापित गुरुङ जीवन र मरणको दोसाँधमा छट्पटि रहेको उहाँका श्रीमान तुलबहादुर गुरुङले वताउनुभयो । स्थानीयवासिन्दाले आफ्नो धर्म छोडेर अर्कै धर्म मानेका कारण कुटपिट गरेको पीडितको भनाई छ ।
काम्स्याको गोरु स्थानीय हाप्पु गुरुङको धान बारीमा पसेपछि त्यसैलाई निहुँ बनाएर स्थानीयवासिन्दाले कुटपिट गरेपछि उनीहरुले अहिले गाउँ जान नसक्ने स्थितिमा पुगेकाछन् । धानबारीमा गोरु पस्दा गोठालोमाथि आक्रमण गर्नुका साथै भदौ ८ गते आफ्नो धानबारीमा पानी हाल्दै गर्दा लौरीले हिर्काएको पीडितको भनाई छ । कुटपिटका क्रममा पीडक हाप्पुको दुर्इतोला सुन र काम्स्योको एकतोला सुन हराएको थियो । आफ्नो सुन लुटेको भन्दै हाप्पुले चिती प्रहरी चौकीमा उजुरी दिएपछि खटिएका प्रहरीलाई झुटो आरोप लगाउँदै दोषी बनाएको पीडितको भनाई छ । पीडितलाई नबोल्न चेतावनी स्थानीयवासिन्दाले दिएपछि प्रहरीले पीडकको लहैलहैमा लागेर झुटो प्रमाण पेश गरि ६३ हजार जरिवाना तिर्न लगाएको पीडित काम्स्यो गुरुङले वताउनुभयो । हाप्पुले कुटेपछि काम्स्योवाट खोसेर लगेको आँसी, घाँटीमा लगाउने माला र जन्तर प्रहरीलाई देखाएर सुन लुटेर लगेको प्रमाण देखाएर डाँढेको पीडितको भनाई छ । 'प्रहरी उनीहरुले जे भन्छ, त्यही मान्दै गए' पीडित काम्स्यो गुरुङले भन्नुभयो' 'हाप्पुले मलाई कुटेको लौरो देखाउँदा समेत प्रहरीले वास्ता गरेनन् ।'


जिल्ला प्रहरी कार्यालयवाट मिलापत्र गरि स्थानीयवासिन्दा गाउँ पुगेपछि पीडित परिवारलाई गाउँको तर्फाट केही सहयोग नगर्ने र उसको घरमा जाँदा र परिवारसंग बोल्दा पनि जरिवाना तिर्न लगाउने गाउँलेहरुले निर्णय गर्‍यो । 'एक विहान छोरीलाई साबुन किन्न पठाउँदा पसलेले समेत सामान नदिईकन फर्काएको रहेछ, छोरी रुँदै आईन्' छोरी लालमाया गुरुङलाई उद्धत गर्दै काम्स्योले भन्नुभयो, 'गाउँले केही सहयोग नगर्ने निर्णय गरेको रहेछ ।'
'भदौ १३ गते विहान खाना खाएर टेलिभिजन हेरिरहेको अवस्थामा स्थानीयवासिन्दाले आफ्नो गोठालोलाई कुटपिट गरेपछि बाहिर निस्किएका जेठीछोरी र कान्छी छोरीलाई स्थानीय महिलाहरुले कुटपिट गरे ।' काम्स्यो भन्दै हुनुहुन्थ्यो, स्थानीय बरी र सुनीले कुट्दै गरेको छोरीलाई छुटाउन जाँदा 'यो पनि यहीँ रहेछ' भन्दै मलाई पनि कुटपिट गर्‍यो । त्यसैक्रममा गाउँकै बिरीले आफ्नो छाती र कोखमा हानेर रगताम्य बनाईदिएपछि काम्स्योको मुखबाट रगत बगेको थियो । एकछिनमै अचेत भएको श्रीमान तुलबहादुर गुरुङले वताउनुभयो ।



'श्रीमतीको उपचारका लागि छोरीलाई तारेभीरमा रहेको दुर्इजना मामालाई लिन पठाएको र बोलाएर ल्याएका मामालाई स्थानीयवासिन्दाले 'गाउँमा कोही आए पाँचहजार जरिवाना तिर्नुपर्छ' भनेपछि उनीहरु फर्केका थिए । 'तिर्नुपरेपनि तिर्छु' भन्दै कालिमाटीमा रहेका पीडित गुरुङका बहिनीले दुर्इजना ब्यक्तिलाई बोलाएर ल्याएपछि डोकोमा वोकेर वेसीशहर ल्याएको र वेसीशहरमा उपचार हुन नसक्ने जानकारी पाएपछि काठमाडौँ लगेर श्रीमतीको ज्यान बचाएको श्रीमान् गुरुङले वताउनुभयो ।


अहिले हिँड्न र बोल्न समेत नसक्ने गरि वेसीशहरमा बहिनीको शरणमा वसिरहेका काम्स्यो गुरुङको उपचाराका लागि करीब ९० हजार खर्च भईसकेको श्रीमान्को भनाई छ ।
Posted on:September 13, 2009, 6:41 am

No comments:

Post a Comment