Sunday, June 5, 2011

लमजुङमा सहकारी पसल संचालन

आश गुरुङ 'प्रतीक'
jana sewa upabhokta sahakari sasthaलमजुङ, भदौ २६ गते ।
लमजुङको सदरमुकाम वेसीशहरमा सुपथ मुल्यको पसल संचालन भएको छ । ज्योति जनसेवा उपभोक्ता सहकारी संस्थाद्धारा लिमिटेडद्वारा संचालित सहकारी पसलको एक समारोहकाबीच संस्थाका अध्यक्ष होमकुमार श्रेष्ठले आज उद्घाटन गर्नुभयो ।
चारसय ५० जना सदस्य रहेको सहकारीले ३० लाखको लगानीमा सामान खरिद गरेको छ ।


गाउँ-गाउँमा सुपथ मूल्यको सहकारी पसल खोल्ने सरकारी अवधारणा अनुसार लमजुङको ६१ गाविसमध्ये ४३ गाविसमा सहकारी पसल खुल्ने प्रक्रियामा छन् । वेसीशहरसमेत गरि लमजुङमा हालसम्म छ वटा सहकारी पसल संचालनमा आएको छ । १२ गाविसले भने सहकारी संस्था दर्ता नै नगरको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

upbhokta haru price rate herdai



















Posted on:September 11, 2009, 3:04 am

No comments:

Post a Comment