Sunday, June 5, 2011

आवश्यक परे सदन छोड्छौः बादल

आश गुरुङ 'प्रतीक'
Ram Bahadur Thapa 'Badal"लमजुङ, असोज १ गते ।


एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा 'बादल' ले राष्ट्रपतिको कदमविरुद्धको प्रस्तावलाई संसदमा छलफल गर्न नदिए सदन छाड्ने धम्की दिनुभएको छ ।

राष्ट्रपतिको कदमविरुद्धको संकल्प प्रस्तावलाई छलफलमा ल्याउन कांग्रेस एमालेमात्र नभएर सभामुख समेत दोषी भएको आरोप लगाउँदै महासचिब बादलले दर्ता भएको प्रस्तावलाई छलफलमा नल्याईए कांग्रेस एमालेसंगको सहकार्य र सहयात्रा टुट्ने चेतावनी समेत दिनुभयो ।
राजनीतिक दलबीचको सहकार्य टुटेपनि सडकमा गई जनतासंग मिलेर अर्को संसद बनाउने उहाँको भनाई छ । कांग्रेस एमालेका कारण संसद नचलेको आरोप लगाउँदै नयाँ संविधान तोकिएको समयमा बन्न नसक्ने समेत ठोकुवा गर्नुभयो ।


YCL from Lamjungक्रान्तिकारी पत्रकार संघ लमजुङले सदरमुकाम वेसीशहरमा आज विहिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कसैले सरकार बनाउन भनेर छाडेपनि आफ्नो नेतृत्वमा सरकार नबनाउने प्रष्ट पार्नुभयो । नागरिक सर्वोच्चता कायम नभएसम्म कसैको नेतृत्वको सरकार मान्य नहुने उहाँको भनाई छ ।


'एमाले नेतृत्वको सरकार कहिले ढल्छ त' भन्ने पत्रकारहरुको जिज्ञासामा बादलले आफू ज्योतिषी नभएको र ज्योतिषी संग पनि नहेराएको वताउँदै भन्नुभयो, 'अहिलेको सरकार छिट्टै ढल्छ र सवै पार्टी सम्मिलित राष्ट्रिय सरकार बन्छ ।'
पूर्व रक्षा मन्त्री समेत रहनुभएका बादलले माओवादी जनसेनालाई सेना, शसस्त्र, प्रहरी लगायत सुरक्षाका अंगहरुमा राखेर सेना समायोजन गर्न सकिने प्रस्ताव अघि सार्नुभएको छ ।


Program of YCL in lamjungयसैगरि, आज विहिवारदेखि शुरु वाईसीएल लमजुङको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव बादलले जनसंविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, माओवादी नेतृत्वको सरकार र शान्ति विना नयाँ नेपाल निर्माण हुन नसक्ने ठोकुवा गर्नुभयो ।


उद्घाटनसत्रमा वाईसीएलका केन्द्रीयर् इन्चार्ज कुलबहादुर केसी, सभाषद् सावित्री दुरा, बुद्धिराम गुरुङ, वाईसीएल कास्कीकार् इन्चार्ज राजकुमार दुलाल लगायतले एमाले नेतृत्वको सरकारविरुद्ध सदन र सडकवाट आन्दोलन जारी राख्ने वताएका थिए ।


Posted on:September 17, 2009, 8:21 am

No comments:

Post a Comment