Saturday, June 11, 2011

कराँतेका ३५ जना खेलाडीलाई 'कलर बेल्ट'

आश गुरुङ 'प्रतीक',
लमजुङ, चैत १ गते । लमजुङमा ३५ जना कराँतेका खेलाडीले 'कलर बेल्ट' प्राप्त गरेका छन् । जापान गोजु रियो कराँते डो केन्वाकाई लमजुङ शाखाद्वारा संचालित पाँच महिनाको प्रशिक्षण पश्चात बेल्ट टेस्टको परीक्षामा पास भएका ३५ जना खेलाडीले कलर बेल्ट प्राप्त गरेका हुन । ३५ जना मध्ये २ जनाले ब्राउण्ड बेल्ट, १३ जनाले अरेञ्ज, ३ जनाले ब्ल्यू र १७ जनाले एल्लो बेल्ट प्राप्त गरेका छन । कराँतेका खेलाडीहरुलाई चुन्नु गुरुङले प्रशिक्षण दिनु भएको थियो ।

जापान गोजु रियो कराँते डो केन्वाकाइका केन्द्रीय प्रमुख बिशान खड्काले बेल्ट टेस्टको परीक्षा लिई उत्तर्ीण्ा भएका खेलाडीलाई कलर बेल्ट र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

तीन बर्षदेखि लमजुङमा रहेर कराँते प्रशिक्षण दिइ रहनु भएका जापान गोजु रियो कराँते डो केन्वाकाई लमजुङ शाखाका अध्यक्ष एवं प्रशिक्षक चुन्नु गुरुङले लमजुङमा पछिल्लो समयमा कराँते सिक्नेको लहरनै आएको बताउनु भयो । लमजुङको सदरमुकाम बेसीशहरमा अहिले दुइ स्थानमा गरि करिब ७० जनाले कराँते प्रशिक्षण लिइ रहेका छन ।

तस्बिरमा-कलर बेल्ट प्राप्त गरेपछि सामुहिक फोटो खिचाउदै खेलाडी र प्रशिक्षक चुन्नु गुरुङ ।

तस्वीरः आश गुरुङ 'प्रतीक'


Posted on:March 18, 2010, 2:16 am

No comments:

Post a Comment