Saturday, June 11, 2011

लमजुङमा एमालेको हस्ताक्षर अभियान शुरु

आश गुरुङ 'प्रतीक',
लमजुङ, चैत २० गते । नेकपा एमाले लमजुङले शान्तिप्रक्रियालाई निस्कर्षा पुर्‍याउन र तोकिएको सयमसीमामा संविधान निर्माणका लागि दवाव दिन आज शुक्रवारदेखि हस्ताक्षर अभिायन थालेको छ ।

सदरमुकाम वेसीशहरको गणतान्त्रिक चोकवाट थालिएको हस्ताक्षर अभियान लमजुङको ६१ वटै गाविसमा संचालन गरिने भएको छ । हस्ताक्षरअघि संवोधन गर्दै नेकपा एमालेका अध्यक्ष जमिन्द्रमान घलेले प्रत्येक गाविसबाट संकलन हुने हस्ताक्षरलाई बैशाख ७ गते प्रमुख जिल्ला अधिकारी मार्फ संविधानसभाका अध्यक्ष शुभाष नेवाङलाई पठाउने जानकारी दिनुभयो ।

एमालले वाईसीएलको अर्धसैनिक संरचनाको अन्त्य, लडाकुको ब्यवस्थापन, एकीकृत माओवादीलाई जनताको पार्टर्ीी रुपान्तरण गर्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लगायतका माग राख्दै दवाव अभियान थालेको हो ।

अभियानलाई सफल पार्न जिल्ला अध्यक्ष जमिन्द्रमान घलेको संयोजकत्वमा ५५ सदस्यीय मूल आयोजक कमिटी गठन गरेको पत्रकार सम्मेलन गरि जनाएको छ । आम जनताको घरदैलो सम्म पुग्ने अभियान अन्तरगत चैत ३१ गते सम्म प्रत्येक गाविसमा भेला, बैठक, प्रशिक्षण, गाविसदेखि वडा तह सम्म हस्ताक्षर अभियान, संगठन सदस्यको नवीकरण र एक गाविस एक सभाको आयोजना गरिने भएको छ । एमाले जिल्ला कमिटी सचिब कृष्ण प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तीमा अभियानका क्रममा समयावधी पुगेका गाउँ कमिटीहरुको गाउँ अधिबेशन समेत गरिने कार्यक्रम रहेको छ ।

एमालेले अभियान अन्तरगत बैशाख ५ गते जिल्लाका आठ स्थानबाट एकै पटक पदयात्रा थाल्ने भएको छ । पदयात्राको नेकपा एमाले लमजुङका क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष बामदेव अधिकारीले भुजुङबाट, सचिवालय सदस्य शुभाष पौडेलले करापुटार, सदस्य जनकराज मिश्रले समिभञ्याङ, सचिवालय सदस्य लक्ष्मी अधिकारीले रम्घा, सचिवालय सदस्य भोज बहादुर गुरुङले भूलभूले, क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष पर्ूण्ा बहादुर गुरुङले नौथर, निवर्तमान कार्यलय सचिब धनञ्जय दवाडीले दुधपोखरी र उप-सचिब भिम गुरुङले तार्कुघाटबाट नेतृत्व गर्ने कार्यक्रम रहेको छ । सबै टोली ७ गते बेसीशहर आइपुग्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी बैशाख १७ गते एमालेले बेसीशहरमा जिल्लास्तरिय बृहत आमसभाको आयोजना गर्ने भएको छ । आमसभालाई नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई एमालेका उपाध्यक्ष बामदेब गौतम, पोलिटव्युरो सदस्य एंव क्षेत्र नम्बर २ का सभाषद पृथ्वीसुब्बा गुरुङ, बैकल्पीक पोलिटव्युरो सदस्य एंव गण्डी अञ्चल इन्चार्ज खगराज अधिकारी, केन्द्रीय सदस्य टुका हमाल लगाएतका बक्ताहरुले समेत सम्बोधन गर्नु हुने एमालेले जनाएको छ ।
UML-Signature-Campaign
UML-Signature-Campaign
UML-Signature-Campaign
UML-Signature-Campaign

Posted on:April 3, 2010, 4:13 am

No comments:

Post a Comment