Saturday, June 11, 2011

बाईकिङ सिरिज हिमालपारितर्फआश गुरुङ 'प्रतीक', लमजुङ, फागुन २९ गते ।

काठमाण्डौंको बसन्तपुरबाट गत मंगबारबाट शुरु भएको चौंथो 'याक एट्याक बाइकिङ सिरिज' का प्रतियोगिहरु लमजुङबाट मनाङ तर्फप्रस्थान गरेका छन् ।

डाउन हिल डस्क माउण्टेन बाइक ट्रेकिङ प्रालिको सहयोग र एक्टीम वर्ल्डको सहयोगमा आयोजिना गरिएको प्रतियोगितामा नेपालका ४, स्वीडेनका ४, बेलायतका ५ र अष्ट्रेलियाका १ गरि १४ जना र्राईडर सहभागी छन् ।

प्रतियोगिताको दूरी लामो भएको र 'हाइ अल्टिच्युट' मा नेपालीहरुको अभ्यास राम्रो भएकाले त्यसको फाइदा नेपाली खेलाडीले उठाउन सक्ने सम्भावना रहेको छ् । ९ दिनको यात्रामा रेसरहरुले कुल ७ सय ९ किलोमिटरको दूरी पार गर्नेछन् । काठमाण्डौ,ं नुवाकोट, गोरखा, तनहूँ, लमजुङ मनाङ, थोराङपास, मुक्तिनाथ हुँदै बैशाख ५ गते म्याग्दीको तातोपानीमा पुगि प्रतियोगिता सम्पन्न हुने छ । प्रतियोगितामा प्रत्येक दिनको प्रतियोगितामा प्रथम हुनेले एकसय पाउण्ड स्र्टर्लिङ र फाईनल विजेताले १ हजार ५ सय पाउण्ड स्र्टर्लिङ बराबरको र्साईकल साथै नगद ५ सय पाउण्ड स्र्टर्लिङ पुरस्कार पाउनेछन् ।

यसअघि काठमाडौँवाट नुवाकोटको प्रतिष्पर्धामा अजय पण्डित क्षेत्री प्रथम भएका छन् । क्षेत्री पाँचौ राष्ट्रिय खेलकुदका विजेता हुन् । गत वर्षो उपाधि नेपाली र्राईडर पदम लिम्बूले जितेका थिए । अहिले उनी सहभागि छैनन् । यस पटक पाँचौ राष्ट्रिय खेलकुदका विजेता क्षेत्री र २०६४ सालका विजेता काजी शर्ेपाको आपेक्षा गरिएको छ । शर्ेपाले ३ पटक सम्म सगरमाथा विजय समेत गरिसकेकाछन् ।


Posted on:March 15, 2010, 4:00 am

No comments:

Post a Comment