Thursday, June 9, 2011

शिक्षक, विद्यार्थी तथा अभिभावकालाई जनचेतना कार्यक्रम

आश गुरुङ 'प्रतीक',
in pyarjung high school lamjung
in pyarjung high school lamjung
in pyarjung high school lamjung
in pyarjung high school lamjung
in pyarjung high school lamjung
in pyarjung high school lamjung
लमजुङ, माघ १० गते । सामुदाय विकासका लागि श्रोत र अनुसन्धान नामक गैरसरकारी संस्थाले पर्ूर्वी लजमुङका पाँच वटा विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई शैक्षिक जागरण तथा परमार्श दिएको छ ।

प्यारजुङ श्रोत केन्द्र अन्तरगतका बुद्धमिलन माध्यमिक विद्यालय प्याराजुङ, ज्ञानोदय उच्च मावि साहिँलीटार, महेन्द्र वालविकास मावि बोराङ, हिमालय मावि कोल्की र गौँडा मावि ओखारीका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम, अविभावकहरुलाई शैक्षिक जनचेतना कार्यक्रम र माध्यमिक तहका विद्यार्थीहरुलाई परामर्श दिईएको थियो ।

चितवन र लम्ाजुङमा शैक्षिक, सामाजिक र आर्थिक अवस्थामा पछाडि परेका र न्युन आय भएका समुदायका बालबालिकाहरूको शैक्षिक अवस्थामा गुणस्तरीय सुधार ल्याउन, बिद्यालय शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न र ग्रामीण सामुदायिक स्वास्थ्यमा सेवा पुर्‍याउने अभ्रि्रायलेे स्थापना गरिएको सो संस्थाले आफ्नो पहिलो चरणको कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

विशेषत एसएलसी परीक्षामा सामेल हुने विद्यार्थीहरुका लागि सम्बन्धित विद्यालयमा गएर गत पुस २१ गतेदेखि २५ गतेसम्म विषय विज्ञले परामर्श तथा कार्यशाला गोष्ठीमार्फ सहजीकरण गरेका संस्थाका सदस्य विकल्प अधिकारीले जानकारी दिनुभएको छ । सोही समयमा अर्का विषय विज्ञले सम्बन्धित विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकसँग अन्तरक्रिया तथा परामर्श कार्यक्रम गरेको संस्थाका सचिव दशरथ न्यौपानेले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्षर् इन्द्रविलास घिमिरेका अनुसार आगामी फागुन पहिलो हप्ता दोस्रो चरणको कार्यक्रम अर्न्तर्गत पाँचवटै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा विषय विज्ञ पर्ठाई परामर्श तथा कार्यशाला कार्यक्रम सञ्चालन गर्ने छ । संवन्धित सवैका लागि अन्तरक्रिया तथा परामर्शले आफ्ना काम, कर्तव्य र दायित्वबोधमा अझ बढी प्रभावकारिता आउनेमा संस्था विश्वस्त रहेको अध्यक्ष घिमिरेको भनाई छ ।
Posted on:January 25, 2010, 1:44 am

No comments:

Post a Comment