Thursday, June 9, 2011

चक्रतर्ीथको बोहोरा गाउँमा घरैपिच्छे सुधारिएको चुल्हो

आश गुरुङ 'प्रतीक',
chulo
लमजुङ, माघ ११ गते । पर्ूर्वी लमजुङको चक्रतर्ीथ गाउँ विकास समिति वडा नम्बर ४, बोहोरा गाउँका वासिन्दाले घरघरमा सुधारिएको चुल्हो निर्माण गरेकाछन् । माटो र फलामे छडद्वारा निर्माण गरिएको सुधारिएको चुलो कम खर्च लाग्ुनका साथै कम दाउरावाट संचालन गर्न सकिने र धुवाँ पनि कम लाग्ने भएकाले र्सवसुलभ र लोकप्रिय मानिन्छ ।

परम्परागत चुल्हो प्रयोग गर्दै आएका बोहोरा गाउँका ५२ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भएपछि गाउँलाई धुवाँरहित भान्सा नमुना गाउँ समेत घोषणा गरिएको छ ।

भान्सा नमुना गाउँ घोषणा गरिएको खुसीयालीमा स्थानीयवासिन्दाले एक कार्यक्रमको आयोजना गरि नाचगान गरेकाछन् । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाको प्रमुख आतिथ्यमा भएको धुवाँरहित भान्सा नमुना गाउँ घोषणा कार्यक्रममा कार्यक्रममा जिल्ला न्यायधिश अच्युत भण्डारी, महिला विकास अधिकृत विद्या भट्टचन, जिल्ला विकास कार्यालयका योजना अधिकृत देबबहादुर अधिकारी, पशु कार्यालयका प्रमुख अमृत कुमार मास्के, प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारी लगायतले सुधारिएको चुल्होले सवैभन्दा धेरै स्वास्थ्यमा असर नपर्ने भएकाले परम्परागत चुल्हो त्यागेर सवैले सुधारिएको चुल्हो प्रयोगमा ल्याउनुपर्ने वताएका थिए ।

Posted on:January 25, 2010, 2:10 am

No comments:

Post a Comment