Thursday, June 16, 2011

भीमसेन चोक अब शहीद सुकमान गुरुङ चोक

आश गुरुङ 'प्रतीक',
लमजुङ, जेठ १४ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा रहेको भीमसेनस्थान चोकलाई कब्जा गरि आज शहीद सुकमान गुरुङ चोक घोषणा गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले भीमस्थानमा रहेको स्वर्गीय राजा बीरेन्द्रको शालिकलाई तोडफोड गरेको झण्डै ४ बर्षछि शहीद सुकमान गुरुङ चोक घोषणा गरेको हो ।

जनआन्दोलन २ पछि २०६३ साल असार २ गते अनेरास्ववियुले अनावरणसमेत नगरिएको बीरेन्द्रको शालिकलाई तोडफोड गरेको थियो । बीरेन्द्रको शालिक भएको भीमसेनस्थान चोकलाई जनआन्दोलन २ पछि लोकतान्त्रिक चोक नामाङ्करण गरिएको थियो ।

नेकपा एमालर्ेर् इलाका नम्बर ७ का तत्कालीनर् इलाका सचिव एवं खुदी गाविसका अध्यक्ष स्वर्गीय शुकमान गुरुङ २०५८ साल जेठ १४ गते भ्रष्टाचार विरोधी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर वेसीशहरको शेराचोकमा निधन भएको थियो ।

नवौँ सुकमान स्मृति दिवसको अवसर पारेर आज अनेरास्ववियुले कोण सभाको समेत आयोजना गरेको थियो । सभालाई अनेरास्ववियुका केन्द्रीय सदस्य दूधप्रसाद घले, गण्डकी अञ्चल सचिव हिरालाल विश्वकर्मा, अनेरास्ववियु जिल्लाअध्यक्ष विवश बुढाथोकी लगायतले शहीदको सपना अझै साकार नभएकाले त्यसका लागि संर्घष्ा अझै जरुर रहेको वताएका थिए ।

समयमै संविधान नबने शहीदका रगतले सराप्ने भन्दै सवै राजनीतिक दल संविधान निर्माणका लागि एकजुट हुनुपर्नेमा बक्ताहरुको जोड थियो ।
स्वर्गीय राजा बीरेन्द्रका शालिक निजामति कर्मचारीका एकलाख ५० हजार र जिल्ला विकास समिति लमजुङको तीनलाख लगायत गरि झण्डै ५ लाखको लागतमा २०५९ सालमा निर्माण गरिएको थियो ।
Akhil ko kabja
Akhil ko kabja
Akhil ko kabja
Akhil ko kabja

Posted on:May 28, 2010, 11:28 pm

No comments:

Post a Comment