Monday, June 13, 2011

खानेपानीको सरसफाई अभियान

लमजुङ, जेठ १२ गते ।
गर्मीसंगै फोहरपानीले रोगको महामारी फैलने डरले लमजुङ सदरमुकाममा बेसीशहरमा पानीको मुहान देखि पानी उपभोग गर्ने घरघरसम्मको सरसफाई अभियान थालिएको छ । सिधै खोलाको पानी उपभोग गरिरहेका बेसीशहरबासिन्दाको स्वास्थ्यलाई मध्यनजर राखि बेसीशहर गाउँ विकास समितिमा रहेका नौवटै वडाका महिलाहरुले सरसफाई अभियान थालेको हो । मुहानदेखि पँधेरो र घरको भान्छा सम्म सबै भन्दा बढी पानीको प्रयोग महिलाहरुले गर्ने भएकाले उनीहरुलाई सचेतना जगाउन अभियान थालेको आयोजक वेसीशहर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेव अधिकारीले जानकारी दिनुभयो ।

अभियानमा सहभागी ३० जना महिलाहरुलाई खानेपानी तथा सरसफाई कार्यालयकार् इञ्जिनिर कमल अर्याल र खानेपानीका अध्यक्ष अधिकारीलेे खानेपानी गुणस्तर र सुधार सम्बन्धि सचेतनामूलक तालिम समेत दिएको थियो । सहभागी महिलाहरुलाई पानीको गुणस्तर सुधार, प्रशोधन, पानीको प्रयोग र बेसीशहर खानेापानी आयोजनाको विगत देखि वर्तमानसम्मको अबस्थाको बारेमा जानकारी गराइएको थियो ।

सदरमुकाम वेसीशहरमा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा सहभागी महिलाहरुलाई बेसीशहरको पानीको मुहान, ट्याङ्की र निर्माणधिन प्रशोधन केन्द्रमा समेत लगेर अवलोकन गर्राईएको थियो र्।र् इञ्जिनियर अर्यालले पानीको मुहान देखि उपभोग गर्नेको मुखसम्म आईपुग्दाको विभिन्न चरणमा सरसफाईमा ध्यान दिनुपर्ने बताउनु भएको थियो । उहाँले सहभागी महिलाहरुलाइृ पानी शुद्धिकरणको लागि विभिन्न वैकल्पिक उपायहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

खोलामा बाढी आएको समयमा बेसीशहरबासीले उपभोग गर्ने पानीमा २ सय प्रतिशत सम्म धमिलोपन आउने गरेको छ । तीनवटा खोलाबाट सिधै ठूलोपँधेरास्थित टयाङ्कीमा ल्याई बेसीशहरका वासिन्दालाई पानी वितरण गर्ने गरिएको छ । यस्तै समस्यालाई मध्यनजर राख्दै १ करोड ९० लाख ७४ हजारको लागतमा बेसीशहरमा पानी प्रशोधन केन्द्रको निर्माण भईरहेको छ । पानी प्रशोधन केन्द्र यसै महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केन्द्रको निर्माण पछि मिनिरल वाटरको पानी भन्दा बढी शुद्ध बेसीशहरका वासिन्दाले उपभोग गर्न पाउनर्ेर् इञ्जिनियर अर्यालको दावी छ ।

सरसफाई अभियान खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र बेसीशहर खानेपानी उपभोक्त समितिको सयुक्त आयोजनामा भएको हो । जेठ २२ देखि २७ गते सम्म मनाईने राष्ट्रिय सरसफाई सप्ताहमा समेत बेसीशहरको सरसफाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम राखिएको छ । सरसफाई सप्ताहको अवसरमा परेवाडाँडालाई खुल्ाा दिशामुक्त क्षेत्र घोषणा, गाउँशहर र दुधपोखरीमा जनचेतना मूलक सरसफाई र्‍याली, भोटेओडारमा बिद्यालय स्तरिय हाजिरीजवाफ, तार्कुमा लोकगीत, बेसीशहरमा जिल्ला बन कार्यालय र भूसंरक्षण कार्यालयको आयोजनामा बृक्षारोपण र लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा बेसीशहर बजार सरसफाई र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
Khanepani-programme
Khanepani-programme
Khanepani-programme

Posted on:May 27, 2010, 3:30 am

No comments:

Post a Comment