Thursday, June 16, 2011

गणतन्त्र दिवसमा एक विद्यालयका विद्यार्थीमात्रै

आश गुरुङ 'प्रतीक',
लमजुङ, जेठ १५ गते ।
लमजुङमा आज शनिवार आयोजना गरिएको गणतन्त्र दिवसको कार्यक्रममा सदरमुकाम वेसीशहरको एक विद्यालयले मात्रै सहभागि जनाएका छन् ।
सदरमुकाम वेसीशहरस्थित जिल्ला विकास समितिमा आयोजना गरिएको कार्यक्रममा वेसीशहरस्थित अर्थली प्रारार्डाईज बोर्डिङ स्कूलका विद्यार्थी र शिक्षकमात्रै कार्यक्रममा सहभागि थिए । अन्य राजनीतिक दल, कर्मचारी तथा संघसंस्थाका केही ब्यक्तिहरु अतिथिको रुपमा उपस्थित थिए ।
सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारावाट निकालिएको र्‍याली सभागृहमा पुग्दा समेत कमैमात्रा स्थानीयवासिन्दाले सहभागिजना जनाए । सो अवसरमा आयोजना गरिएको विद्यालयस्तरीय नृत्य प्रतियोगितामा अर्थली बोर्डिङलेमात्रै सहभागिता जनाए र सो विद्यालय नै प्रथम भएको घोषणा गरिएको थियो ।

सभा हलमा भएको प्रवचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, नेपाली कांग्रेसका सभापति तुलसीनारायण श्रेष्ठ, नेकपा एमाले क्षेत्र नं. २ का अध्यक्ष बामदेव अधिकारी, राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठले मन्तब्य राखेका थिए । कार्यक्रममा एकीकृत माओवादीले भने उपस्थिति जनाएनन् । र्‍याली र कार्यक्रममा सुरक्षा निकायले भने सहभागिता जनाएको थियो ।

गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र दिवस मनाउँदा राजनैतिक दलको उपस्थिति नहुँदा यी उत्सव कर्मचारी र अबोध विद्यार्थीको मात्रै जस्तो भएको गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक समेत रहेका स्थानिय विकास अधिकारी पेशल कुमार पोखरेलले वताए ।

बक्ताहरुले गणतन्त्र संस्थागत गर्न सम्पर्ुण्ा राजनैतिक दल, नागरिक समाज, सञ्चारकर्मी आदि सवै मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । मुलुकमा गणतन्त्र स्थापना भएपनि र्सवसाधरणले गणतन्त्रको अनुभुति गर्न नपाएको बत्ताहरुको गुनासो थियो ।
Ganatantra-day-celebration-in-Lamjung
Ganatantra-day-celebration-in-Lamjung
Ganatantra-day-celebration-in-Lamjung
Ganatantra-day-celebration-in-Lamjung
Ganatantra-day-celebration-in-Lamjung

Posted on:May 29, 2010, 8:51 am

No comments:

Post a Comment