Tuesday, June 7, 2011

लमजुङमा अझै ल्होसारको रमझम

आश गुरुङ 'प्रतीक',
lhochhar

lhosar
लमजुङ, ३० गते । पुस १५ ले घरआँगनवाट विदा लिएपनि गुरुङहरुको उद्गमस्थल लमजुङमा अझै ल्होसारको रमझम छ ग्रामीण क्षेत्रदेखि शहरबजारका टोलटोलमा अझै स्यो कैँ खाने र नाचगान गर्ने गरिएकाछन् । यसैक्रममा आज विहिवार भुजुङ्गे आमा समूहले स्यो कैँ कार्यक्रम र नाचगान गर्‍यो । कुमार भवन गंगापर्ूण्ा होटलको प्राङ्गगणमा आयोजना गरिएको स्यो कैँ कार्यक्रममा भुजुङ गाउँवाट सदरमुकाम वेसीशहर झरेर वसोवास गर्नेहरु मात्र नभएर विभिन्न ग्रामीण क्षेत्रवाट वेसीशहर झरेका र अन्य स्थानीयवासिन्दाको समेत बाक्लो सहभागिता रहेको थियो ।

१५ पुसमा टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार खाएर नाचगान गरि ल्होसार मनाईएपनि आफ्नै गाउँठाउँका आफन्तजनहरुसंग संगै बसेर ल्होसार मनाउन नपाएका कारण अहिले रमाईलो गर्ने उद्देश्यले स्यो कैँ कार्यक्रमको आयोजना गरिएको आमा समूहकी अध्यक्ष कृष्ण कुमारी गुरुङले जानकारी दिनुभयो ।

ल्होसार मनाउन कुमार भवनमा भेला भएका भुजुङका वासिन्दा साथै स्थानीयवासिन्दाले आज दिनभरि नाचगान गरेकाछन् । गुरुङहरुको १२ वटा वर्गचक्रमध्ये गत पुस १५ देखि तो ल्हो अर्थात बाघ बर्ग प्रारम्भ भएको छ भने लोँ ल्हो अर्थात गाई बर्गलाई विदाई गरिएको छ ।

Posted on:January 15, 2010, 10:59 pm

No comments:

Post a Comment