Thursday, June 16, 2011

भुजुङमा धान रोपाइँ शुरु

आश गुरुङ 'प्रतीक'
लमजुङ, जेठ २४ गते । ् लमजुङको पर्यटकीय गाउँ भुजुङमा यसवर्षजिल्लामा नै पहिलोपटक बर्खे धान रोपाइँ कार्य थालिएको छ । असार महिना आउन एकसाता छँदै स्थानीयवासिन्दाले घिउँचे र ह्रउँजेमा आज सोमवार झण्डै ७ हल गोरु नारेर रोपाइँ शुरु गरेका हुन् । गतवर्षपानी नपरेका कारण ढिलोमात्रामा रोपाइँ गरेका किसानहरुलाई यसपटक अहिलेदेखि नै पानीले साथ दिएका कारण रोपाइँ थालिएको स्थानीयवासिन्दाले वताएकाछन् ।

लमजुङका अन्य ठाउँमा भने बर्खे धान रोपाइँ कार्य असारको पहिलोहप्तावाट मात्रै थाल्ने गरिन्छ । महिना मानो खाएर मुरि उब्जाउने उद्देश्यका साथ शुरु गरिएको रोपाइँ कार्यमा बुढाबुढीदेखि वालवालिका पनि सहभागी छन् । लमजुङका ६१ गाउँ विकास समितिका सवै क्षेत्रमा धान खेति हुन्छ । लमजुङका वासिन्दाको मुख्य खेतिवाली मध्ये मकैपछि धान खेति नै हो ।

फाईल तस्वीरः उत्तरी लमजुङको भुलभुले गाविस ङादीमा गत साल धान रोप्दै स्थानीय किसानहरु ।

Posted on:June 8, 2010, 1:05 am

No comments:

Post a Comment