Sunday, June 19, 2011

लमजुङमा स्लाईसको बोत्तलमा फोहर भेट्टयिो

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ १० गते ।
लमजुङको सदरमुकाम वेसीशहरको एक कोल्डस्टोर्समा स्लाईस नामक पेय पदार्थको शिलबन्दी बोत्तलभित्र फोहर भेटिएको छ ।
वेसीशहरको त्रिवेणीटोलस्थित शितल एण्ड वर््रदर्स कोल्ड स्टोर्समा बेच्न राखिएको २०० मिलिलिटरको स्लाईसको दर्ुइवटा वोत्तलमा कालो र सेतो डल्लो फेला परको हो ।

बरुण बेभरेजेज नेपाल पर््राईभेट लिमिटेड सिनामङ्गल, कोटेश्वर काठमाडौँवाट उत्पादित तथा वितरित स्लाईसको बोत्तलमा यसअघि पनि पुकार नाम गुट्खा, सिसा, बच्चालाई दूध चुसाउने भाँडा, कपडा लगायतका अखाद्य वस्तु भेटिएको थियो ।
बरुण बेभरेजले पेप्सी, मिरिन्डा, ड्यू, सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्दै आएको छ ।

स्लाइसको बोत्तलमा फोहर देखेपछि पटक पटक कम्पनीमा खवर गरे पनि कम्पनीको मानिस आएर हेरर गएपछि पनि वेवास्था गरेको कोल्ड स्टोर्सका संचालक बुद्धिमान घलेले बताएकाछन् । यसवारेमा वेसीशहर शेरास्थित स्लाईसको डिलर एलिसा ट्रर्ेर्डसका संचालकर् इश्वर श्रेष्ठलाई भनिसकेको र उनले चित्तबुझ्दो जवाफ नदिएको शितल एण्ड वर््रदर्स कोल्ड स्टोर्सका संचालकले वताए । स्लाईसमा फोहर भेटिएको खबर गरेपछि कम्पनीका बजार प्रतिनिधि कृष्णप्रसाद पाण्डेले हेरेर गएपनि कसैले सर्म्पर्क नगेको स्टोर्स संचालकको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले र्सवसाधारणको जीवनमाथि खेलवाड गर्ने जो कोही र दोषीमाथि कानुनी कार्वाही अगाडि बर्ढाईने वताएकाछन् । उनले छिटै बजार अनुगमन गरिने समेत वताएकाछन् ।

Slice
Slice
Slice
Slice

Posted on:August 27, 2010, 8:54 pm

No comments:

Post a Comment