Sunday, June 19, 2011

नागरिक पार्टर्ीीनेमा माओवादीलाई र्समर्थन : गुरुङ

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ १० गते ।
एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले एकीकृत माओवादी नागरिक पार्टर्ीीनेमा आफ्नो दलले सरकार बनाउन माओवादीलाई र्समर्थन गर्ने वताएकाछन् ।
बहुमतको सरकारवाट शान्ति प्रक्रिया र नयाँ बन्ने संविधान अनिश्चित बनेकाले अवको विकल्प राष्ट्रिय सहमतिय सरकार मात्रै रहेको उनको भनाई छ ।

लमजुङ सदरमुकाम वेसीशहरमा आज विहिवार आयोजित लोकतान्त्रिक संवाद कार्यक्रममा लाई संवोधन गर्दै एकीकृत माओवादीले शिविरमा रहेका माओवादी लडाकु र हतियार फरक फरक बनाएर उसको ब्यवस्थापन, वाईसीएलको ब्यारेकीय संरचना, कब्जा गरेका जग्गाजमीन फिर्ता गरेमा उसको नेतृत्व सहर्षस्वीकार्ने वताए । 'सेना ब्यवस्थापनमा माओवादीले आनाकानी गरेको छ' गुरुङले भने, 'लडाकुलाई ब्यवस्थापन गरिए माओवादीको आम्दानी गुम्छ ।' सरकारले दिएको तलबलाई कटाएर माओवादीले लडाकुवाट लाखौँ रुपैँया लेवी उठाएको समेत दावी गरे । माओवादी नागरिक पार्टर्ीी रुपान्तरण भएमात्र ऊसंग अन्य दलले बैचारिक लडाइँ लड्ने वताए ।

संविधान सभा विषयत समितिले तयार गरेको अवधारणा प्रतिवेदनमाथि ग्रामीण क्षेत्रमा संकलन गरिएका सुझावहरु सभाषदलाई बुझाउने कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका गुरुङले तोकिएको समयमा संविधान निर्माण हुने विश्वास छिण बन्दै गएको वताए । आगामी १० महिनामा नयाँ संविधान निर्माण हुन नसक्ने वताउँदै सभाषद् गुरुङले राजनीतिक दलहरु सवैले 'मेरो गोरुको बाह्रै टक्का' को अडान त्यागेमा संविधान सजिलै निर्माण हुने तर्क राखे ।

नेपाल मगर संघको आयोजनामा भएको कार्यक्रममा लमजुङ क्षेत्र नम्बर २ बाट संकलित सुझावहरुलाई संघका केन्द्रीय सदस्य बलबहादुर रानामगरले सभाषद् गुरुङलाई हस्तान्तरण गरेका थिए । सुझावलाई ग्रहण गर्दै गुरुङले जनताको संविधान निर्माण गर्न अधिकमात्रामा आफूले प्रयास गरेको र संकलित सुझावलाई संविधान सभामा पेश गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, एकीकृत माओवादीका विजय गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका सचिव धर्मराज श्रेष्ठ, जिविसका मेघेन्द्र पोख्रेल, काशिम रानामगर, ध्रुवदेश जोशी लगायतले समयमा संविधान निर्माण गर्न सभाषद्लाई आग्रह गरेका थिए ।








Posted on:August 27, 2010, 8:33 pm

No comments:

Post a Comment