Sunday, June 19, 2011

मध्यमर्स्याङ्दीवाट क्षमताभन्दा बढी उत्पादन

आश गुरुङ 'प्रतीक',, lamjungnews@gmail.com
मध्यमर्स्याङ्दीवाट क्षमताभन्दा बढी उत्पादन
लमजुङ, असार ९ गते ।
७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट क्षमता भन्दा बढी विद्युत उत्पादन हुन थालेको छ ।
मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि केहीदिनयता ७५ मेगावाट क्षमतासम्म विद्युत उत्पादन भईरहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ ।

हिउँदका समयमा २२ मेगावाट सम्म विद्युत उत्पादन घटेको परियोजनामा यतिवेला निरन्तर पानी परेको र उत्तरी क्षेत्रमा रहेका हिमालहरुमा हिउँ पग्लिएकाले क्षमता भन्दा बढी विद्युत उत्पादन भएको जलविद्युत केन्द्रका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिएकाछन् ।
३५/३५ मेगावाट क्षमताको दर्ुइवटा र्टवाइनवाईन 'पिक आवर! बाहेक अन्य समयमा ७० मेगावाट क्षमताको विद्युत उत्पादन भईरहेको छ ।

नदीमा पानीको बहाव बढेपछि जलाशयमा पानी संचित हुन थालेको छ । हिमालहरुमा हिउँ रित्तिनुका साथै पानी नपरेका कारण गत कार्तिकदेखि मध्यमर्स्याङ्दी परियोजनामा विद्युत उत्पादन कम भएको थियो ।
रन अफ रिभर प्रविधिमा निर्माण भएको परियोजनावाट वषर्ातको समय क्षमता भन्दा बढी ८० मेगावाट क्षमता सम्म विद्युत उत्पादन हुने जलविद्यूत केन्द्रले जनाएको छ ।

मर्स्याङ्दी नदीको मुहान मानिएको मनाङको तिलिचो तालवरपर साथै लमजुङ हिमालआसपासका हिउँ पग्लिएको छ भने वषर्ातका कारण पानीको मुलहरु पनि पलाउन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङ्दी जलविद्युत परियोजना लगायतका अन्य आयोजनाहरुमा विद्युत उत्पादन बढेपछि सातामा ५४ घण्टा लोडसेडिङ हुँदै आएकोमा १९ घण्टा घटाएर ३५ घण्टामात्रै लोडसेडिङको समयतालिका बनाएको छ ।
Mid-Marsyandi-Turbine-2-9-2008

Posted on:June 25, 2010, 10:44 pm

No comments:

Post a Comment