Sunday, June 19, 2011

शसस्त्र द्वन्द्वमा लमजुङमा १ सय ५१ जनाको हत्या

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार ११ गते ।
शसस्त्र द्वन्द्वको समयमा लमजुङमा राज्य र तत्कालीन ब्रि्रोही नेकपा माओवादी पक्षबाट १ सय ५१ जनाको हत्या भएको एक तथ्याङकले देखाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लमजुङले प्रकाशित गर्न लागेको 'द्वन्द्वमा लमजुङ' पुस्तकको आज शुक्रबार बेसीशहरमा आयोजना गरिएको पर्ूव समीक्षा कार्यक्रममा सो जानकारी दिईएको हो । इन्सेक लमजुङले प्रकाशित गर्न लागेको पुस्तकमा शसस्त्र द्वन्द्वको समयमा लमजुङमा राज्य पक्षबाट ६६, तत्कालीन ब्रि्रोही पक्ष नेकपा माओवादीबाट ८३ र दोहोरो भिडन्तमा २ जनाको हत्या भएको उल्लेख गरिएको छ ।
यसैगरि, राज्यबाट १७ र नेकपा माओवादीबाट २ जना गरि अहिले सम्म १९ जना बेपत्ता अबस्थामा रहेको उल्लेख गरिएको छ । पुस्तकमा द्वन्द्वको क्रममा अपाङ्गता भएका, भौतिक संरचना क्षति भएका, विस्थापित र लमजुङको परिचय समेत समेटिएको इन्सेकका लमजुङ प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बावुराम लामिछाने, एकीकृत नेकपा माओवादीका कार्यालय सचिव देवेन्द्र पौडेल, नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्ण कोइराला, नेकपा एमालेका सचिव कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष किसान बहादुर नेपाली, शान्ति समितिका सदस्य कृष्ण के.सी, पत्रकार प्रेम कुमारी घले लगाएतले प्रकाशित हुन लागेको पुस्तकको समीक्षा गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले शसस्त्र द्वन्द्वको समयमा भएका घटनालाई समेटेर पुस्तक प्रकाशित गर्न खोज्नु महत्वपर्ूण्ा काम भएकोले पुस्तकमा कुनै पनि घटना नछुटाउन नहुने आग्रह गरेका थिए ।
Victim-profile,-Lamjung
Victim-profile,-Lamjung
Victim-profile,-Lamjung
Victim-profile,-Lamjung
Victim-profile,-Lamjung
Victim-profile,-Lamjung

Posted on:June 26, 2010, 7:52 am

No comments:

Post a Comment