Thursday, June 16, 2011

अपहरित बालिका अस्पतालमा

आश गुरुङ 'प्रतीक',
लमजुङ, असार ३ गते ।
लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नम्बर ९, नाँयूवाट आज दिउँसो बिहिवार अपहरणमा परेकी एक बालिका सदरमुकाम वेसीशहरमा अलपत्र परेकाछन् ।
अपहरणकारीले 'भोलि यही ठाउँमा आउँछु' भन्दै हिँडेपछि सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारावाट स्थानीयवासिन्दाले साँझमात्रै बालिकाको उद्धार गरेकाछन् ।

घनपोखरा गाविस ९, नाँयु ठेगाना भई सेनेस्थित जनप्रिय प्राथामिक विद्यालय कक्षा २ मा पढ्दै गरेकी ११ बषिर्या सुकमाया विश्वकर्मालाई घनपोखराका २ र घलेगाउँका १ जना युवाले जवर्जस्ती ल्याएर छाडेको पीडित बालिकाले वताएकीछन् । हाल घनपोखरा ३, सेनेडाँडा नजिकै बस्दै आएकी विश्वकर्मा आफूखुसी हिँडेको हुनसक्ने स्थानीयवासिन्दाको भनाई छ । बालिका विद्यालय पोषाकमै छिन् ।

बालिकाका अनुसार विद्यालयमा पिरियड नभएपछि नाँयू चढेर खाजा खाईरहेको बेला युवाहरुले उनलाई अपहरण गरेका हुन् । उनको विद्यालयवाट नाँयु आउन झण्डै आधा घण्टा लाग्छ । 'सर नभएपछि १२ बजेतिर सविता, गोमा अनि म खाजा खाना नाँयू आएकी हूँ' बालिकाले भनिन्, 'होटलमा खाँदै गर्दा रक्सी खाएर आएका युवाहरुले मलाई तानेर ल्याएको हो ।' यसवारेमा होटल संचालकले टेलिफोनमार्फ उनी आफ्नो होटलमा खाजा नखाएको र त्यस्तो कुनै घटना पनि नघटेको वताएकाछन् । बालिकाले भने उनलाई छुटाउँदा स्थानीय एक शिक्षक पनि र्घाईते भएको वताईकीछन् ।

पारिवारिक स्थिति अन्यान्तै नाजुक रहेका उनको परिवारमा अहिले चिन्ता बढेको हुनसक्ने स्थानीयवासिन्दाले वताएकाछन् । बायाँ आँखा पुरै बन्द अवस्थाकी विश्वकर्मा साथी नेपाल नामक एक गैरसकारी संस्थाले सहयोग गर्दै आएकी बालिका हुन् । उनको एक अपांग भाइलाई पनि गैरसरकारीसंस्थाले सहयोग गर्दै आएकाछन् । टेलिफोनको कुनै पनि नेर्टवर्क नटिप्ने ठाउँ भएकाले परिवारसंग भने सर्म्पर्क हुन सकेको छैन ।
बालिकाले 'प्रहरीलाई भनिदिन्छु' भन्दा प्रहरीलाई आफूले ठिक पार्ने धम्की समेत अपहरणकारीले दिएकाछन् । नाँयूवाट सिम्पानी गाविसको भीरैभीर ल्याएर उनलाई कहिले कमिज साथै आफ्नै पछ्यौँराले मुख थुनेर ल्याएको बालिकाले वताएकीछन् ।

बालिका अपहरण परेको खबर प्रहरीले संचारकर्मीबाट मात्रै थाह पाएकाछन् । बालिका अपहरण परेको र अहिले सदरमुकाम वेसीशहरमा रहेको खवरपछि विभिन्न अधिकारीवादी संघसंस्था हरुले उनीसंग सोधपुछ थालेकाछन् ।

उनलाई सेभ द चिल्डेन, जिल्ला बाल क्लब कल्याण समिति, महिला आपासी सहयोग केन्द्र, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय लगायतका आधिकारीक संघसंस्थाले अपहरण बारे सोधपुछ गरेकाछन् । बालिकालाई तत्कालका लागि उपचार्रार्थ लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।
Suk-Maya-BK
Suk-Maya-BK
Suk-Maya-BK
Suk-Maya-BK

Posted on:June 18, 2010, 10:16 pm

No comments:

Post a Comment