Sunday, June 19, 2011

पाँच कृषि सहकारीलाई ट्रयाक्टर उपलब्ध

आश गुरुङ 'प्रतीक',
lamjungnews@gmail.com
लमजुङ, असार २५ गते ।
जिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालय लमजुङले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ट्रयाक्टर उपलब्ध गराएको छ ।
जिल्ला विकास समिति र कृषि विकास कार्यालयले चक्रतर्ीथको प्रगतिशील जागरण कृषि सहकारी संस्था, धमिलिकुवास्थित ग्रामीण विकास सहकारी संस्था, सुन्दरबजारस्थित विउ उत्पादन कृषि सहकारी संस्था, करापुरटारस्थित देउराली सहकारी संस्था र एकीकृत जल तथा तार्कु खहरेस्थित किरिञ्चे काँडाबोटे बाली ब्यवस्थापन आयोजनालाई ट्रयाक्टर उपलब्ध गराएको हो ।

कार्यालयका प्रमुख किशोरप्रसाद पन्तका अनुसार ५० प्रतिशत अनुदानमा उपलब्ध गर्राईएको सो ट्रयाक्टरलाई स्थानीय कृषक संस्थाले ५७ हजार ५ सय रुपैँया लगानी गरेकाछन् ।

जिल्ला विकास समितिको प्राङ्गणमा ट्रयाक्टर वितरण गरिएको हो । ट्रयाक्टर पाएपछि किसानहरु निकै हषिर्त भएकाछन् ।

तस्वीरहरु
जिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालय लमजुङले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको ट्रयाक्टर । ट्रयाक्टर चलाउँदै प्रमुख जिल्ला अधिकारी, कृषि विकास कार्यालयका प्रमुख, साथै किसानहरु ।
तस्वीर : नवीनराज कुइँकेल

Tractor provided by Agricultural office
Tractor provided by Agricultural office
Tractor provided by Agricultural office
Tractor provided by Agricultural office
Tractor provided by Agricultural office

Posted on:July 10, 2010, 8:26 am

No comments:

Post a Comment