Sunday, June 19, 2011

ब्राउनसुगर सहित २ जना पक्राउ

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
लमजुङ, असार २७ गते ।
लमजुङमा प्रहरीले आइतबार ३ लाख बढी मूल्य बराबरको लागुऔषध ब्राउनसुगर सहित २ जना लाई पक्रेको छ ।
सदरमुकाम बेसीशहरको शेरबजार स्थित लोकमाया रानाको होटलमा ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा वेसीसहर गाविस २ का बम बहादुर बस्नेत र धादिङ मलेखुका भरत घलेलाई प्रहरीले रंगेहात पक्रेको हो ।

पक्राउ परेकाहरुवाट प्रहरीले साढे पाँच ग्राम ब्राउनसुगर समेत बरामद गरेको छ । एक ग्रामको ४० हजारको दरले साढे ५ ग्रामको बजारमूल्य करीब ३ लाख रुपैया पर्ने प्रहरीको भनाई छ । पक्राउ परेकाहरु सेवन गर्ने मात्र नभई ब्राउन सुगरको कारोवार गर्न सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णहरि शर्माले वताए ।

पक्राउ परेकाहरुलाई लागुऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्धा लगाएर कारवाही प्रक्रिय अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रनाउ कृष्णहरि शर्मा हालै लमजुङको प्रमुख भएर आएपछि जिल्लालाई लागुऔषध मुक्त बनाउने अभियानमा लागेकाछन् ।


Posted on:July 12, 2010, 5:09 am

No comments:

Post a Comment