Sunday, June 19, 2011

पुल नहुँदा यातायात र यात्रुलाई अप्ठ्यारो

आश गुरुङ 'प्रतीक',
लमजुङ, असार २५ गते ।
विश्वकै उत्कृष्ट पर्यटकीय अन्नपर्ूण्ा पदमार्गको प्रवेशद्वार मानिने भलामखोलमा पुल नहुँदा यातायातका साधन तथा पैदल यात्रुलाई समस्या परेको छ ।
चण्डीस्थान गाउँ विकास समितिको वडा नम्बर १ मा रहेको भलामखोलामा पुल नहुँदा स्थानीयवासिन्दामात्रै होईन, पदयात्राका लागि हिँडेका पर्यटक पनि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

लमजुङ सदरमुकम वेसीशहर हुँदै वर्षोनी हजारौँ पर्यटक अन्नपर्ूण्ा पदयात्राका लागि जाने गरेपनि भलामखोलमा पुल नहुँदा पुलको छेउमै पुग्ने पर्यटकहरु पनि र्फकने गरेको स्थानीयवासिन्दाले वताएकाछन् ।
निर्माणाधिन वेसीशहर-चामे सडक अन्तरगत वेसीशहर-खुदी सडक खण्डमा पर्ने भलामखोलामा नेपाली सेनाको सडक निर्माण कार्यदल गणले पूल बनाउने भन्दै जीपमात्रै उठाएर त्यतिकै राखेको छ । पूल निर्माण गर्न लागिएपनि जगमात्रै उठाएर अलपत्र अवस्थामा राखेको भन्दै स्थानीयवासिन्दाले पूल छिटो निर्माण गर्न समेत माग गरेकाछन् ।

सदरमुकाम वेसीशहरदेखि खुदीसम्मको साढे ७ किलोमीटरमा बषर्ाको समयमा पनि मोटर चल्ने गरेपनि भलामखोलाकै कारण समस्यामा परेको यातायात चालकहरुले वताएकाछन् । वाटोमा मोटरसमेत हिँड्न छाडेपछि महंगोमा भरिया हालेर उत्तरी लमजुङमा खाद्यान्न आपर्ूर्ति गर्नुपरेको ब्यापारीहरु वताउँछन् । 'स्थानीयवासिन्दाहरु भने जसोतसो खोला तरेर आतेजाते गर्ने गरेकाछन्', सिम्पानी लामागाउँकी कन्याकुमारी गुरुङले भनिन्, 'भलामखोलमा तत्कालन पुल नहाले अप्रिय घटना घट्न सक्छ ।'

भलामखोलामा पुल नभएपछि बाढी आउँदाको समय सदरमुकाम वेसीशहरवाट जाने पर्यटक तथा स्थानीय वासिन्दाहरु एक किलोमिटर वरै वेलौती विसौनीवाट मर्स्याङ्दीको पुल तरेर भुलभुले गाविसकोे बडागाउँ हुँदै सिम्पानी गाविसको बगैँचामा पुग्न बाध्य छन् । भलामखोलामा पुल भएमा आधा घण्टा लाग्ने वाटो मर्स्याङ्दी पुल तरेर जाँदा २ घण्टा लाग्छ ।

बर्खायाम लाग्ने वित्तिकै हरेकवर्षभलामखोलामा स्थानीय वासिन्दाले कच्ची पुल बनाउँछन् । गएका वर्षरुमा जिल्ला विकास समिति, चण्डीस्थान र सिम्पानी गाविसले आर्थिक सहयोग गरि बाँसको कच्ची पुल बनाउने गरेकोमा यसपटक कसैले पनि सहयोग नपाएपछि कच्ची पुल बन्न सकेको छैन् । पुल नहुँदा यात्रुहरु जोखिम मोलेर खोला तरिरहेका छन् ।
तस्वीरः नवीनराज कुइँकेल
Valamkhola
Valamkhola

Posted on:July 10, 2010, 12:36 am

No comments:

Post a Comment