Saturday, June 11, 2011

घरघर, चोक तथा टोलमा चोयाको डोको

आश गुरुङ 'प्रतीक', ।
तस्वीर: लेखक
email: lamjungnews@gmail.com
लमजुङ, फागुन २५ गते फोहर फाल्नका लागि टिन र प्लाष्टिकका बाल्टिनलाई लमजुङका वासिन्दाले बहिष्कार गर्दै आएकाछन् । जस्ता पाताको टिन र प्लाष्टिकका बाल्टिन पुरानो भएपछि पुनः प्रयोगमा ल्याउन नसकिने र कामै नलाग्ने निष्कर्षनिकाल्दै उनीहरुले गाउँघर तथा शहरबजारमा चोयावाट निर्मित डोको प्रयोग गर्न थालेकाछन्, फोहर जम्मा पार्नका लागि ।

चोयावाट निर्मित फोहर फाल्ने डोको पुरानो भएपछि आगो सल्काउनका प्रयोग हुने भएकाले वातावरणलाई केही असर नपर्ने स्थानीयवासिन्दाको बुझाई छ । घरमा खाना पकाउँदा जसरी पनि आगो बाल्नै पर्ने भएकाले डोकोहरु पुरानो भएपछि सिठाको रुपमा प्रयोग गरिने उनीहरु वताउँछन् । दाउरामा आगो सल्काउन मट्टतिेल खन्याएर भन्दा सिठा बाल्दा कम धुवाँ निष्कन्छ ।

गाउँघरमा घाँसदाउरा साथै गाग्रीमा पानी भर्ने डोकोलाई बजारमा रहेको विजुलीको खम्बा, रुख साथै घरघरमा झुण्ड्याईएको छ । पछिल्लो समयमात्रै सदरमुकाम वेसीशहर नजिकैको सहजीका स्थानीयवासिन्दाले आफ्नो घर तथा टोलमा फोहर जम्मा पार्नका लागि डोको झुण्ड्याएकाछन् । आफ्ना पुख्र्यौली गाउँवाट बुनेर ल्याएका तथा चोया ल्याएर घरघरमै बुनेका डोकोलाई उनीहरुले फोहर जम्मा पर्ने भाँडाको रुपमा प्रयोग गर्न थालेपछि वरिपरि बजारका वासिन्दा दंग पर्नु त छँदै छ, त्यस ठाउँमा पुगेर डोको समेत हर्ेन थालेकाछन, उनीहरुको क्रियाकलापलाई सरहना गर्न थालेकाछन् । 'वातावरणीय तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको ग्रीन सोर्साईटीले 'घरआँगन र टोल सँधै सफा राख्नर्ुपर्छ' भन्ने ज्ञान दिएपछि डोको राख्न थालिएको हो' सहजी बातावरणीय आमा समूहकी सचिव मञ्जु थापाले भनिन्, 'साँच्चै नै डोकोमा फोहर राख्न थालेपछि टोलको मुहार तत्कालै फेरिए झैँ भएको छ ।'

वर्ल्ड भीजन लमजुङ क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोगमा गाउँघर तथा शहरबजारका वासिन्दालाई वातावरण सरसफाईको वारेमा जनचेनता जगाउँदै आएको ग्रीन सोर्साईटीले गरेको यो कार्य जिल्लामै नमुना मानिएको छ । ग्रीन सोर्साईटीकै सहयोगमा वेसीशहर गाविस-४, सहजीका वासिन्दाले आ-आफ्ना घर तथा टोलमा गरि करीब ४० वटा डोको झुण्ड्याएकाछन्, फोहर जम्मा पार्नका लागि ।

एक सयौँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सवै महिलाहरु भ्ााषण गर्ने र सुन्ने कार्यक्रममा सहभागि भईरहँदा उनीहरुले आफ्नो गाउँघर सफा पारेर नयाँ कार्यको थालनी गरि देखाएकाछन् । 'उनीहरुले डोको मात्र झुण्ड्याएनन्, मनाङे चौतारादेखि सहजीको लमजुङ वसपार्क सम्म सरसफाई समेत गरे' ग्रीन सोर्साईटीकी सहजकर्ता मोती गुरुङले भनिन्, 'स्थानीयवासिन्दाले चाहेमा घरआँगनको मात्रै होईन, चोक-चोक र टोलटोलको मुहार फेराउँदो रहेछ ।'

आफ्नो गाउँघर सफा र सुन्दर क्षेत्र बनाउने अभियानमा महिलाहरुमात्रै होईन, पुरुषहरु पनि त्यतिकै लागि परेकाछन् । बाबु समूहका अध्यक्ष मोहनसिंह थापाले आफ्नो गाउँघरको मुहार फेराउन घरको काम छाडेर भएपनि अघि र्सर्ने प्रतिवद्धता जनाए । समाजमा यस्तामा मानिस धेरै छन्, जो आफू र आफ्नो घरको मात्रै ख्याल राख्छन् । तर, सहजीमा त्यस्तो छैन, उनीहरु ब्यक्ति, परिवार भन्दा माथि उठेर सभ्य समाज निर्माण गर्न चाहन्छन् । सदरमुकाम वेसीशहरमा पनि उनीहरु हरेक काममा अग्रपक्तिमा देखिन्छन् । सदरमुकाम वेसीशहरको गुचुमुच्चवाट केही दुरी पर रहेको सहजी जाँदा लाग्छ, ग्रामीण क्षेत्र यही हो । त्यसैले त ग्रामीण क्षेत्रमा झैँ अझैपनि त्यहाँ घरैपिच्छे शौचालय नभएको अवस्था छ । ग्रीन सोर्साईटीले त्यहाँको वातावरणलाई मध्यनजर गरेर शौचालय निर्माणका लागि सहयोग गर्न लागिएको संस्थाका परियोजना संयोजक विमला पौडेलको भनाई छ ।

सहजीका स्थानीयवासिन्दाले फोहर संकलन गर्ने डोको झुण्ड्याउनेमात्र नभएर फोहर ब्यवस्थापनका लागि खाल्डो समेत खनेकाछन् । जहाँ कुहिने फोहर एकातिर र नकुहिने फोहर अर्कोतिर फाल्नेछन् । डोको बुन्नेदेखि लिएर खाडल खन्ने काम कसैको भौतिक सहयोग विना आफैँ सक्रिय भएर बनाएको सहजी बाबु समूहका उपाध्यक्ष रामबहादुर गुरुङको भनाई छ ।

सहजीका वासिन्दा पहिलेको जस्तो छैन, अहिले । पहिले नजिकै रहेको पुमा खोलामा गएर शौच गर्थे भने पक्की घर बनाउन सक्नेले घरघरमा शौचालय बनाउन थालेाकछन् । आफ्नो पक्की घर नभएका तथा गरीव एवं पिछडिएको समुदायलाई शौचायल निर्माणका लागि सहयोग गर्ने र सवै सामानहरु तयारी अवस्थामा रहेको ग्रीन सोर्साईटीले जनाएको छ । शौचालय निर्माणका लागि छानो, प्यान, सिमेन्ट लगायत बजारबाट खरिद गरिने सामान ग्रीन सोर्साईटीले उपलब्ध गर्राईदिने र निर्मााणका लागि श्रम स्थानीयवासिन्दाको हुने संस्थाका महासचिव देवेन्द्र पौडेलको भनाई छ ।

लमजुङमा ग्रामीण क्षेत्रको मुहार फेराउन आमा तथा महिलासमूहको धेरै ठूलो हात छ । उनीहरुले सरकारी रकम विना नै गाउँघरको मुहार फेराएकाछन् । कसैले धारापँधेरा, पाटीपौवा निर्माण गरेकाछन् त कसैले गाउँमा विजुली समेत बालेकाछन् । यसलाई बाबु समूहको पनि त्यतिकै सहयोग छ । तर, उनीहरुमा लगाव जस्तै सचेतना भईदिएको भए, एक दशकमा लमजुङ नेपालकै नमुना जिल्ला भनेर चिनिनेमा कुनै दर्ुइमत छैन ।









Posted on:March 9, 2010, 6:14 am

No comments:

Post a Comment