Saturday, June 11, 2011

गन्तब्य मनाङ बैशाखदेखि

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन २० गते । हिमाल पारिको जिल्ला मनाङमा आगामी बैशाखदेखि मनाईने गन्तब्य मनाङ २०१० को तयारी त्रि्र रुपमा भईरहेको छ । बैशाख २ गते सदरमुकाम चामेमा औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको गन्तब्य मनाङ २०१० मा वर्षरि पर्यटकलाई विभिन्न ठाउँमा स्थानीय भेषभुषा, कला र संस्कृति देखाईने छ । त्यस्तै, मनाङका विभिन्न पर्वहरु मिलेरेपा, ने पर्व, मिथा, यार्तुङ लगायतका पर्वहरु प्रमुख आकर्षका रुपमा रहनेछन । बाघ महोत्वस, तिलिचो ताल महोत्सव, तार्क्या, हरिण महोत्सव, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमको आयोजना गरिने समेत आयोजकले जनाएको छ ।

मनाङका प्राकृतिक, साँस्कृतिक, धार्मिक विकास, तिलिचो ताल, मिलेरेपा गुफा, विभिन्न गुम्बा, स्थानीय जडिवुटी लगायतको संरक्षण तथा सर्ंवर्द्धन एवं पर््रवर्द्धन गर्न तथा स्थानीयवासिन्दाको जीवनस्तर उकास्न कार्यक्रम गर्न लागिएको आयोजक समितिका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

यसअघि पहिलो पटक २००४ मा गन्तब्य मनाङ कार्यक्रम मनाईएको थियो । गन्तब्य मनाङ २०१०, हिमालयन उद्धार संघ साथै विभिन्न संघसंस्थाको सहयोग र पर्यटन ब्यवसायी समिति मनाङको आयोजनामा हुन लागेको हो ।

अन्नपर्ूण्ा पदयात्रा मार्ग, थोराङ पास, तिलिचो ताल, नार र फू उपत्यका लगायतका स्थानलाई अन्तराष्ट्रिय बजारमा चिनाउन कार्यक्रमले सहयोग पुग्ने आयोजकको भनाई छ । मनाङ सेवा समाजका अध्यक्ष कप्ली गुरुङले पर्यटकीय संभावना बोकेको मनाङको विकास र पर््रवर्द्धनमा गन्तब्य मनाङले महत्वपर्ूण्ा सहयोग पुग्ने धारणा राख्नुभयो ।

पर्ूवमन्त्री पाल्तेन गुरुङले गन्तब्य मनाङ मनाउनका लागि राजनीतिक दल, होटल तथा पर्यटन ब्यवसायी तथा सरकारलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ । हिमालयन उद्धार संघका अध्यक्ष विक्रम न्यौपानेले २१ दिन लामो अन्नपर्ूण्ा पदयात्रा सडक पुगेका कारण १० दिनमा झरेकाले छोटो समय भएका पर्यटकलाई पनि सुविधा मिल्ने वताउनुभयो ।

गन्तब्य मनाङ २०१० हरेक गाविसमा वर्षरि विविध कार्यक्रमको आयोजना गरि आगामी डिसेम्बरमा तालमा समापन गर्ने कार्यतालिका बनाएको गन्तब्य मनाङ २०१० मुल समारोह समितिले जनाएको छ ।

स्वदेशी तथा स्वदेशी पर्यटक भित्र्याउने प्रवल संभावना रहेको मनाङलाई अन्य जिल्ला भन्दा छुट्टै रुपमा चिनाउने योजना रहेको अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख सन्तोष शेरचनले वताउनुभएको छ ।


Posted on:March 6, 2010, 4:09 am

No comments:

Post a Comment