Saturday, June 11, 2011

लमजुङको विकासको लागि डेढ अर्ब बजेट

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन २५ गते । लमजुङको विकासको लागि जिल्ला परिषदबाट डेढ अर्बको बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष२०६७/०६८ का लागि नीजि क्षेत्र समेतको गरि १ अर्व ५३ करोड ३५ लाख १५ हजार ८ सय ५३ रुपैँयाको बजेट बिनियोजन गरिएको हो । बजेट अघिल्लो वर्षो भन्दा २० करोड ६९ लाख ७७ हजार ४ सय ५३ रुपैँयाले बढी हो ।

परिषदले कुल बजेटमध्ये चालुतर्फ६७ करोड ६४ लाख ५६ हजार ९ सय ९६ र पूँजीगत तर्फ८५ करोड ७० लाख ५८ हजार ८ सय ५७ रुपैँया प्रस्ताव गरेको छ । यसमध्ये जिल्ला विकास समिति अन्तर्रगत ४८ करोड ४९ लाख ४१ हजार ५ सय ५५, विषयगत कार्यालयतर्फ९४ करोड, ६८ लाख २१ हजार ६ सय २१ र गैर सरकारी संस्थातर्फ१० करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपैँया बिनियोजन गरेको छ ।

यी मध्ये पर्ूवाधार विकास समिति अन्तरगत ५२ करोड ६९ लाख, १६ हजार ५ सय ६६, सामाजिक विकास तर्फ६६ करोड ९७ लाख ५१ हजार १ सय २१, कृषि बन तथा वातावरणतर्फ७९ करोड ६८ लाख ९ हजार र भूमि तथा जलश्रोत विकासतर्फ१५ करोड ५४ लाख ६ हजार ५ सय रुपैँया प्रस्तावित बजेटमा उल्लेख छ ।

जिल्ला परिषद्मार्फ योजनाहरुलाई राष्ट्रिय योजना आयोगले प्राथमिकता दिनुपर्ने, पर्यटनवर्ष२०११ लाई ध्यानमा राखेर पर्यटन गुरु योजना तयार गर्ने, सकरात्मक विवेक समावेशीकरण र सामाजिक न्यायलाई सहयोग पुर्‍याउने, लक्षित योजनाहरुलाई प्राथमिकता दिने, जिल्लामा बाल उद्यान निर्माणका लागि विशेष पहल गर्ने, जिल्लाका एक गाउँलाई समन्वयात्मक रुपमा न्युनतम पर्ूवाधारको ब्यवस्था गरि नमुना गाउँ बनाउने, कृषि, जडिवुटी पर्यटन जलश्रोतलाई प्राथामिकता दिने, पछिडिएको बर्गलाई माथि उठाउने लगायतका कार्यक्रमहरु अगाडि सारिएको छ ।





Posted on:March 9, 2010, 7:45 am

No comments:

Post a Comment