Sunday, June 19, 2011

लमजुङमा जलबायु परिवर्तनसम्बन्धी छलफल

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ १८ गते ।
जलवायु परिवर्तन सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने स्थलका रुपमा छनौट गरिएको लमजुङको खासुर गाउँमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले अनुसन्धान थालेकाछन् ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद लमजुङको सक्रियतामा खासुरलाई जलवायु परिवर्तनको अध्ययन स्थलको रुपमा छनोट गरिएपछि आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी, ब्यवस्थापीका संसदको प्राकृतिक श्रोत साधान बाँडफाँड समितिका सभापति शान्ता चौधरी, महासंघको रेड कार्यक्रमका राष्ट्रिय संयोजक पासाङ डोल्मा शर्ेपा तथा विदेशी विशेषज्ञहरुले अनुसन्धान थालेका हुन् ।

उनीहरुले खासुर र आसपासका वन जंगल तथा प्राकृतिक सम्पदाको विषयमा अध्ययन गर्नुका साथै जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा छलफल समेत चलाएका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष खेमजंग गुरुङले जानकारी दिएकाछन् ।

आदिवासी जनजातिहरुलाई जल, जमिन र जंगलसंग आदिवासी जनजातिहरुको अन्तर सम्बन्ध, जलबायु परिवर्तनको बारेमा स्थानीय बासीसंग छलफल, वन फडानी तथा विनासलाई रोक्न सके कार्वन उर्त्र्सगनबाट प्रकृति र वातावरण हुने क्षतिलाई २० प्रतिशत सम्म कम गर्न सकिने लगायतका विषयमा नि जानकारी गराएका छन् ।

विहिवार र शुक्रवार आयोजना गरिएको अध्ययन कार्यक्रममा आदिवासी जनजाति नेताहरु, जलवायु परिवर्तन सम्बन्धी विशेषज्ञ र खासुरका वासिन्दाबीच वातावरण विनास तथा संरक्षण लगायतका विषयमा अन्तरक्रियासमेत भएको थियो । साथै महासंघले सञ्चालन गरेकोे रेड नामक कार्यक्रमको बारेमा पनि छलफल भएको थियो ।


Posted on:September 3, 2010, 9:11 pm

No comments:

Post a Comment