Sunday, June 19, 2011

लमजुङमा रोपाइँजात्रा

लमजुङ, भदौ १६ गते ।
लमजुङको सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार लगायत नेवार समुदायको बाहुल्य भएको शहर तथा ग्रामीण क्षेत्रमा नेवार समुदायले रोपाइँजात्रा गरेकाछन् ।
श्रीकृष्ण जन्मअष्टमीको अवसर पारेर नेवा खलः लगायत नेवारहरुको संस्थाले आ आफ्नो ठाउँमा धुमधामका साथ रोपाइँजात्रा गरेका हुन् ।
सदरमुकाम वेसीशहरमा लमजुङ नेवा खलः, भोटेओडार र सुन्दरबजारमा नेवा खलः कोर् इकाईले रापाइँजात्राको आयोजना गरेका थिए । । उदिपुरका नेवार समुदायले भने भदौ १० गते नै रोपाइजात्रा निकालेका थिए । नेवार समुदायमा प्रचलित रोपाइँजात्रा नेपालका सवै नेवार वस्ती भएका ठाउँहरुमा हरेक वर्षनिकाल्ने गरिन्छ । रोपाइँजात्रा आयोजना गर्ने विषयमा यकिन कारण नभएपनि नेवार समुदायहरुले मनोरञ्जनका लागि निकाल्ने गरेको वताईन्छ ।

रोपाइँ जात्रामा जोरबाजा बजाएर महिलाको पहिरन लगाएर पुरुषहरु अनेक श्रृंगार गरी बजारमा धान रोपाइँ गर्ने परम्परा छ । जोरबाजाको तालमा असारे भाका र विभिन्न लोकदोहरीका भाका निकालेर सनाइँ, नरसिंहा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषहरुले खेत रोपेको अभिनय गरिन्छ । रोपाइँजात्रामा कोही कोदालो खेत खने झैँ, कोही बाउसे गरे झैँ र कोही हलगोरु र हली बनेर सडकमा जोतेको अभिनय गर्ने चलन छ ।

नेवा खल ः लमजुङले बुधवार बेसीशहरको भीमसेनस्थानबाट रोपाइँजात्रा निकालेर मनाङे चौतारा पुगेर फर्काएको थियो । रोपाइँजात्राले वेसीशहरबजार परिक्रमा गरेको थियो । रोपाइँजात्रामा सहभागि हुन र हर्ेन गाउँगाउँदेखि स्थानीयवासिन्दाको लस्कर समेत आएका थिए ।
Ropai-Jatra-2010,-Lamjung
Ropai-Jatra-2010,-Lamjung
Ropai-Jatra-2010,-Lamjung
Ropai-Jatra-2010,-Lamjung
v
Ropai-Jatra-2010,-Lamjung
Ropai-Jatra-2010,-Lamjung
Ropai-Jatra-2010,-Lamjung


Posted on:September 2, 2010, 4:36 am

No comments:

Post a Comment