Sunday, June 19, 2011

भुलभुले छिनखोलामा अलैची भट्टी

लमजुङ, भदौ १९ गते ।
उत्तरी लमजुङको विकट भुलभुले गाविस वडा नं. ८ छिनखोलामा अलैँची सुकाउने २ वटा भट्टीको निर्माण गरिएको छ ।
मनासुलु अलैँची खेती समूहको सक्रियता, स्थानीय वासिन्दाको श्रमदान र गाविसको ५० हजार रुपैँयाको सहयोगमा अलैँची भट्टीको निर्माण गरिएको हो । भट्टीमा दैनिक ८ कुइन्टलसम्म काँचो अलैंली सुकाउन सकिन्छ ।
३६ घरधुरी रहेको भुलभुले छिनखोलाका प्रत्येक घरधुरीले २० देखि ३० रोपनी जग्गामा व्यवसायिक अलैँची खेती शुरु गरेकाछन् । उनीहरुले गाउँकै पाखोबारी फाँडेर झण्डै २ सय रोपनी जग्गामा अलैँची खेती गर्दै आएकाछन् ।
गाउँमा अलैँची भट्टी निमार्ण्र्ााए पछि अलैँची भण्डारण तथा व्यवस्थापनमा सजिलो हुने भएपछि स्थानीयवासिन्दा निकै हषिर्त भएका भट्टी निमार्ण्र्ाामितिका अध्यक्ष आइतराम तामाङले जानकारी दिएकाछन् ।
भट्टीको एक समारोहवीच उद्घाटन गरिएको छ । कार्यक्रममा गैरसरकारी संस्था फिडापाका अध्यक्ष रमेश घले, नेकपा एमालेका जीत बहादुर गुरुङ, नेपाली काँग्रेसका लोकनाथ घिमिरे, नेपाल तामाङ घेदुङका सुकबहादुर तामाङ, कृषि योजना अधिकृत इन्द्रमणि लामिछाने, कृषि प्राविधिक गुणराज पौडेल लगायतले अलैँची भट्टी स्थापना भएपछि स्थानीयवासिन्दाले जतिसक्दो उपयोग गर्नुपर्ने वताएका थिए ।



Posted on:September 4, 2010, 6:20 am

No comments:

Post a Comment