Sunday, June 5, 2011

खेतवारी र बनजंगलमा शौच गर्नवाट मुक्त

आश गुरुङ 'प्रतीक'
Safa toilet in Bajhkhet, Lamjungलमजुङ, भदौ २६ गते ।
लमजुङको बाग्लुङपानी गाउँ विकास समिति र बाँझाखेत गाउँ विकास समितिका वासिन्दा बनजंगल र खेतवारीमा दिसापिसाव गर्नुपर्ने समस्यावाट मुक्त भएकाछन् ।
स्थानीय आमा समूह, युवा समूह, सहकारी संस्था साथै विद्यालयको सक्रियतामा घरघरमा शौचायल निर्माण भएपछि वर्षौँदेखिको समस्यावाट उनीहरु मुक्त भएका हुन् ।
वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको ग्रीन सोर्साईटी र वर्ल्डभीजन एडीपीको सहयोगमा बाग्लुङपानी गाविसको वडा नं. ३ र ४ सारिङ, वडा नं. ५, साम्रोङ, ७ कुर्पुन, ९ बिम्दावेसी र बाँझाखेत गाउँ विकास समिति वडा नं. ३, पाङ्ग्रेक्यू र देउराली साथै वडा नं. ६, घडेरी गाउँका घरघरमा शौचायल निर्माण गरिएको छ ।


घरघरमा शौचालय निर्माण भएपछि उनीहरुले आफ्नो गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरेकाछन् । अमर वातावरण ब्यवस्थापन समूहको पहलमा सारिङ गाउँमा ७०, कुशल वातावरण ब्यवस्थापन समूहको पहलमा साम्रोङ र कुर्पुनमा ४० र शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको पहलमा बिम्दावेसीमा एकसय ३०, भविश्य निर्माण प्रावि पाङ्ग्रेक्यूको पहलमा ४७ र सातकन्या आमा समूहको पहलमा घडेरीका २५ घरमा शौचालय निर्माण भएपछि गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
गत १९ गतेदखि २३ गतेसम्म लगातार आयोजना गरिएको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले, ग्रीन सोर्साईटीका महासविच देवेन्द्र पौडेल, परियोजना संयोजक विमला पौडेल, वर्ल्ड भिजनका रामहरि अधिकारी, रेणुका ठकुरी, सरस्वती भण्डारी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कमल अर्याल, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङ लगायतको उपस्थिति थियो ।


गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि स्थानीयवासिन्दाले विभिन्न प्लेकार्डसहितको नाराबाजी गरेर गाउँ परिक्रमा गरेका थिए । गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यन्वयन गर्नका लागि स्थानीय वासिन्दाले शौचालय बाहिर दिसापिसाब गरेमा ५० देखि एकसय रुपैँयासम्म जारीवाना गर्ने र देख्नेलाई सोको आधा पुरस्कार दिने साथै पाहुनालाई २० देखि ५० रुपैँयासम्म जारीवाना गर्ने र देख्नेलाई सो को आधा राशी पुरस्कार दिने नियम बनाईएको छ ।


खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम अवधिभर अथिति लगाएर ग्रीन सोर्साईटीका उत्प्रेरकहरु र वास भोलेन्टियरहरुलाई स्थानीयवासिन्दाले पछ्यौरा र टोपीद्वारा सम्मान गरेका थिए ।

Posted on:September 11, 2009, 2:32 am

No comments:

Post a Comment