Sunday, June 5, 2011

पाँचदिने आधारभूत स्वास्थ्य पत्रकारीता तालिम

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ २५ गते ।
लमजुङको सदरमुकाम वेसीशहरमा आजदेखि पाँचदिने आधारभूत स्वास्थ्य पत्रकारीता तालिम शुरु भएको छ ।
राष्ट्रिय संचार विकास समितिले आयोजना गरेको तालिममा रुकुम, कैलाली, कञ्चनपुर, सुर्खेत, काभ्रे, सुनसरी, महेन्द्रनगर, काभ्रे, म्याग्दी, लमजुङ लगायत जिल्लाका २२ जना पत्रकारहरु सहभागी छन् ।


तालिमको एकसमारोहबीच प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले पत्रकारहरुले स्वास्थ्यका विषयमा औपचारिकतामा भन्दा खोजमुलकमा आफ्नो कलम बढीमात्रामा चलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण केसी, मिडिया पोईन्टका निर्देशक श्रीरामसिंह वस्नेत, एकीकृत नेकपा माओवादीका सेक्रेटरी मोहनहरि पौडेल, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख त्रिलोकचन्द्र गुरुङ, साधना मासिकका सम्पादक लक्ष्मण अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय संचार विकास समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा पराजुलीले तालिमको उद्देश्यवारे प्रकाश पार्नुभएको थियो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको सह-आयोजनामा शुरु गरिएको तालिम भदौ २९ गतेसम्म संचालन हुने छ । उद्घाटन सत्र महासंघका अध्यक्ष किसान 'संगीत' नेपालीको सभापतित्वमा भएको थियो ।

Posted on:September 10, 2009, 10:11 pm

No comments:

Post a Comment