Thursday, June 9, 2011

बाँझाखेतका महिलाहरुको दर्ुइदिने भ्रमण

आश गुरुङ 'प्रतीक',




लमजुङ, माघ २७ गते । लमजुङको बाँझाखेत गाउँ विकास समितिका महिलाहरुले बाग्लुङपानीका विभिन्न गाउँमा भ्रमण गरेकाछन् । बाग्लुङपानीका सवै गाउँमा घरैपिच्छे शौचालय निर्माण भएपछिको वातावरणीय सुधारको विषयलाई लिएर महिलाहरुले हिजो र आज भ्रमण गरेका हुन् ।

वातावरणीय सरसफाईको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ग्रीन सोर्साईटीको नेतृत्वमा खटिएका महिलाहरुले स्थानीय बातावरणीय समूहसंग अन्तरक्रिया तथा छलफल गरेको परियोजना संयोजक विमला पौडेलले जानकारी दिनुभयो ।

भ्रमण टोलीले ग्रीन सोर्साईटी र वर्ल्ड भीजन लमजुङ एडीपीको सहयोगमा बनेको शौचालय, फोहर जम्मा पार्ने खाल्डो साथै स्थानीयवासिन्दाको घरआँगन सरसफाई बारेमा अध्ययन गर्नुका साथै जानकारी लिएका थिए ।

बाँझाखेत गाउँ विकास समिति वडा नम्बर १ देखि ९ सम्मका ९ वटा वातावरणीय समूह, चण्डीस्थान गाविस वडा नम्बर १ देखि ३ सम्मका ४ वटा वातावरणीय समूह र वेसीशहर गाविस वडा नम्बर ४ सहजी र मयुमका दर्ुइ वातावरणीय समूहका २/२ जना र ग्रीन सोर्साईटीका कर्मचारीसहित करीब ४० जनाको टोली भ्रमणमा सहभागि थिए ।

भ्रमणमा जाने टोलीलाई बाग्लुङपानी गाविस वडा नम्बर ३ र ४ पुमा गाउँका कन्यादेवी आमा समूह, वडा नम्बर १ र २ रापासिङस्थित सुन्दरी डाँडा आमा समूह र बाग्लुङपानीस्थित प्रगति आमा समूहले स्वागत गरेका ग्रीन सोर्साईटीकी सहजकर्ता मोती गुरुङले जानकारी दिनुभयो । भ्रमण टोली र स्थानीयवासिन्दाले गएराती रापासिङमा नाचगान समेत गरेका थिए ।
Posted on:February 13, 2010, 12:01 am

No comments:

Post a Comment