Thursday, June 9, 2011

मनाङ र लमजुङमा फेरि हिमपात

आश गुरुङ 'प्रतीक',







लमजुङ, माघ २९ गते । हिमालपारिको जिल्ला मनाङ र पहाडि जिल्ला लमजुङमा फेरि हिमपात भएको छ । गएरातीदेखिको हिमपातका कारण मनाङ र लमजुङको जनजीवन कष्टकर बनेको छ । मनाङको १३ वटै गाविसमा हिउँ परिरहेको र तल्लो भेग मानिने सदरमुकाम चामेका सवै घरका छानोहरु हिउँले ढाकेको मनाङका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

लमजुङका उच्च पहाडि भेग, घनपोखरा, पसगाउँ, भुजुङ, भुलभुले, दूधपोखरीर्,र् इलमपोखरी, ताघ्रिङ, घर्ेर्मु लगायत गाविसमा भएको हिमपातले जनजीवन कष्टकर बनेको छ ।

उच्च भेगमा हिमपात र तल्लो भेगमा पानी परेका कारण शिवरात्रीको अवसरमा करापुटार, वेसीशहर, खुदी लगायतका क्षेत्रमा लाग्ने मेला प्रभावित भएको छ । हिमपातका कारण पोखरादेखि मनाङको हुम्डेसम्मको उडान चारदिनदेखि बन्द छ ।
Posted on:February 13, 2010, 1:26 am

No comments:

Post a Comment