Sunday, June 5, 2011

लमजुङको सिउरुङमा पर्यटक आगमनमा बृद्धि

आश गुरुङ 'प्रतीक'





























लमजुङ, असोज २२ गते । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा स्वदेशी तथा विदेशी पर्यटक आगमनमा बृद्धि भएको छ ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा स्थानीयवासिन्दाको प्रयास र गाउँलाई संचारमाध्यमले स्वदेश तथा विदेशमा प्रचारप्रसार गरेपछि पर्यटक आगमनमा बृद्धि भएको हो ।
लमजुङको पर्यटकीय गाउँ सिउरुङमा स्वदेशी तथा विदेशी पर्यटक आगमनसिउरुङमा असोज महिनमा मात्रै विदेशी छ वटा ग्रुप घुम्न आएको ग्रामीण पर्यटन विकास उप-समिति सिउरुङले जनाएको छ । अघिपछि थोरैमात्रामा आउने गरेपनि अहिले विदेशीका अलाव स्वदेशी पर्यटकहरुसमेत गाउँमा त्यतिकैमात्रामा आउने गरेको समितिका सचिव उमर गुरुङले जानकारी दिनुभएको छ ।
सदरमुकाम वेसीशहरवाट करीब एकदिन पैदल हिँडेर पुगिने सिउरुङमा यसवर्षचारसय मात्रै विदेशी पर्यटक आईसकेको पर्यटन विकास उप-समितिसंग तथ्याङ्क रहेको छ ।


सिउरुङमा आउने पर्यटकले गाउँका आमा समूह, युवा क्लब तथा विद्यालयलाई सहयोग समेत गर्दै आएकाछन् । केहीदिनअघि स्प्रिड अफ हिमालयमार्फ पेमा तामाङको नेतृत्वमा आएको १३ जना स्पेनका पर्यटकहरुले स्थानीय लताकुञ्ज निमाविस्थित हरित क्लबलाई एकहजार पाँचसय रुपैँया दिएका शिक्षक रमेशचन्द्र घिमिरेले वताउनुभयो ।


समुद्री सतहवाट १८५४ मीटरको उचाईमा रहेको सिउरुङ गाउँमा पर्यटकहरु आएपछि स्थानीयवासिन्दाल गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु देखाउने प्रचलन छ ।

Posted on:October 9, 2009, 11:28 am

No comments:

Post a Comment