Sunday, June 5, 2011

लमजुङमा गुरुङहरुको नालसभा आजदेखि शुरु र केही तस्बिरहरु

आश गुरुङ 'प्रतीक'
लमजुङमा नालसभालमजुङ, असोज २५ गते ।
गुरुङहरुको उद्गमस्थल लमजुङमा आजदेखि गुरुङहरुको नालसभा शुरु भएको छ ।
नालसभाको एक कार्यक्रमकाबीच सदरमुकाम वेसीशहरको फुलवारी मञ्चमा राज्य पुनःसंरचना समितिका संयोजक एवं तमु हृयुल छोँज धिका अध्यक्ष डाक्टर गणेशमान गुरुङले उद्घाटन गर्नुभयो ।


उद्घाटन अघि सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारोवाट गुरुङ भेषभुषाका साथ विभिन्न झाँकी तथा र्‍याली निकालिएको थियो । आजदेखि तीनदिनसम्म संचालन हुने नालसभामा गुरुङ समुदायभित्रका नीति नियम तथा कानुन गाउँमै बनाउने र नयाँ संविधानमा गुरुङ समुदायको हक अधिकार सुनिश्चित गर्न दबाबस्वरुपको घोषणापत्र तयार पारिने छ ।
तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् लमजुङ, नालसभा मुल आयोजक समितिको आयोजनामा भएको नाल सभामा लमजुङ भित्रका दशथर, नौथर, चौथर, बाह्रथर, पाँचगाउँ लगायत आठ र कास्कीको छगाउँ गरि नौवटा नाल अर्थात एकसय ३० वटा गाउँका गुरुङहरु भेला भएकाछन् ।


पहिलो शाहबंशीय राजा यशोब्रम्ह शाहको पालासम्म हरेक वर्षचार नालको सभा गरिँदै आएको र विस्तारै नौ नालको सभा गरिँदै आईरहेको वेला २००७ सालमा भएको क्रान्तिको नाउँमा सबै नालसभा खारेज गरिएकाले आफ्नो हक र अधिकार खोसिएको ठहर गर्दै नालसभा आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक प्रेम घलेले जानकारी दिनुभएको छ ।

लमजुङमा गुरुङहरुको नालसभा






लमजुङमा गुरुङहरुको नालसभा
लमजुङमा गुरुङहरुको नालसभा
लमजुङमा गुरुङहरुको नालसभा
लमजुङमा गुरुङहरुको नालसभा
लमजुङमा गुरुङहरुको नालसभा
लमजुङमा गुरुङहरुको नालसभा

Posted on:October 11, 2009, 4:48 pm

No comments:

Post a Comment