Sunday, June 5, 2011

भैँसी स्यहार्दै 'द ब्रेभ बीरलाल हनिहन्टर' बृत्तचित्रका नायक

आश गुरुङ 'प्रतीक'
The Hero of the ' Honey Hunter" Mr. Bir Lal Gurung from Lamjungलमजुङ, साउन २८ गते ।
'द बे्रभ बीरलाल हनिहन्टर' अर्थात साहसिक बीरलाल मह शिकारी नामक बृतचित्रवाट एकपटक चर्चामा आएका लमजुङका मह शिकारी बीरलाल गुरुङ अहिले भैँसी स्यहार्दै वसेकाछन् ।
बृत्तचित्र निर्माता तथा विभिन्न संघसंस्थाले वेलायत लाने भन्दै प्रलोभन देखाएर अन्ततः घरमा लगेर राखेपछि बुढेसकालमा सुनौलो भविश्य देखेका गुरुङ अहिले घाँस काट्दै, भैँसी स्यहार्दै बस्नुपरेको छ ।


८१ बषिर्य बृद्ध बीरलाल गुरुङको सहासिक कार्यलाई बृत्तचित्रमार्फ देखेका वेलायतमा वसोवास गर्ने नेपालीहरुले त्यहाँ आइदिन अनुरोध गरेपछि गतसालको उनी बेलायत जान तम्सिएका थिए । बेलायत जाने पहिलोपटक ढोका खुलेपनि आफूले अभिनय गरेको 'द ब्रेभ बीरलाल हनि हन्टर' का निर्देशक तथा निर्माताले वेवास्ता गरेका कारण उनी बेलायत जानबाट बञ्चित भएका हुन् । बेलायमा गए आफ्नो कला देखेर सवैले सहयोग गर्ने अपेक्षा लिएका गुरुङले गोरे गुरुङको असहयोगका कारण आफू बेलायत जानवाट बञ्चित भएको वताए ।
जिल्ला प्रशासन कार्यालय लमजुङले राहदानी समेत प्रदान गरिसकेका गुरुङलाई बृत्तचित्रका निर्माता निर्देशक गुरुङले एकलाख आर्थिक सहयोग दिएर भुलाएको बीरलालले आरोप लगाएकाछन् । गोरेसंगै लमजुङ सदरमुकाम वेसीशहरस्थित वेलायती भूपू क्याप्टेन रणवहादुर गुरुङले पनि असहयोग गरको उनको भनाई छ ।


चारवर्षघि बीरलाल गुरुङले 'द बे्रभ बीरलाल हनिहन्टर' अर्थात साहासिक बीरलाल मह शिकारी बृत्तचित्रमा नायकको भूमिका निर्वाह गरेको थियो । बीरलाल गुरुङले हाल सम्म लमजुङ, कास्की, गोरखा लागयत अन्य ठाउँका कहलीलाग्दा भीरहरुमा सयाँैपटक महको शिकार गरिसकेका छन् ।
लमजुङको विकट ग्रामीणक्षेत्र भुजुङ गाउँ विकास समिति वडा नंं. ६, मा विक्रमसंवत १९८५ साल फागुन १५ गते शनिवार जन्मिएका उनी वावा मनसुब्बा गुरुङ र आमा मंगलसरी गुरुङको काइँलो छोरा हुन् । उनको दुर्इछोरा, एक छोरी र नातीनातिना रहेकाछन् ।


१८ वर्षो उमेरदेखि भीरमौरीको मह काढ्न थालेका बीरलाल गुरुङले विशेष गरि गोरे गुरुङद्वारा निर्मित र निर्देशित 'द ब्रेभ बीरलाल हनी हन्टर' नामक बृत्तचित्रवाट चर्चा पाएको हो । यसका अलाव गोरेद्वारा निर्माण गरिएको गुरुङ चलचित्र हेर्वे च्ह, अर्थात हिउँपुत्र अथवा 'सन अफ् दी हिमालायज'मा पनि बीरलाल गुरुङले अविभावकको विशेष भूमिका निर्वाह गरि आफ्नो कला प्रस्तुत गरेका छन् ।

Posted on:August 23, 2009, 6:06 am

No comments:

Post a Comment