Sunday, June 5, 2011

दारिमबोट बाल आवाज भित्ते पत्रिका प्रकाशन

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १२ गते ।
पूर्वी लमजुङको फलेनी गाउँ विकास समिति वडा नं. १, दारिमबोटस्थित बाल कल्याण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुले 'दारिमबोट वाल आवाज' नामक भित्ते पत्रिका प्रकाशन गरेका छन ।
बालबालिकाको गतिविधिलाई समेटने तथा साहित्य र कलालाई उजागर गर्ने उदेश्यले प्रकाशन गरिएको भित्ते पत्रिकाको सम्पादकमा उत्तर बहादुर गुरुङ र सह-सम्पादकमा मीनकुमारी गुरुङ रहेकाछन् । त्यस्तै ब्यवस्थापकमा युवराज गुरुङ, रामप्रसाद गुरुङ र पशुपति गुरुङ रहेकाछन् भने सहयोगीमा पृथीमाया गुरुङ, आईतराम तामाङ, राजु विश्वकर्मा र सुरज घले रहेकाछन् । भित्ते पत्रिकामा स्थानिय तहमा हुने बाल गतिबिधि, साहित्य, मनोरञ्जन, चित्र साथै खेलकुदका सामाग्रीहरु समेटिएका छन ।


पत्रिकालाई व्यवस्थित रुपमा संचालन तथा विद्यार्थीहरुलाई सहयोग गर्नका लागि विद्यालयका प्रधानाध्यापक नुरनीधि पाण्डे, चन्द्रकान्त घिमिरे, पुष्पराज घिमिरे र लालबहादुर गुरुङ सल्लाहकार रहनेगरि समिति समेत गठन गरिएको छ ।
भित्ते पत्रिका प्रकाशनका लागि २५ जना बिद्यार्थीले भदौ ९, १० र ११ गते गरि तीनदिने आधारभूत पत्रकारिता, भित्ते पत्रिका प्रकाशन र बालअधिकार सम्बन्धी तालिम लिएका थिए । असल छिमेकी सहयोगी संघको एकीकृत सामुदायिक विकास परियोजना अर्न्तर्गत महिला, वालवालिका तथा युवा सशक्तिकरण कार्यक्रम गोनेसा पोखराले आयोजना गरेको सो तालिममा पत्रकार आश गुरुङ 'प्रतीक' ले आधारभूत पत्रकारिता तथा भित्ते पत्रिका प्रकाशन संवन्धि साथै मानवअािधकारीकर्मी एवं इन्सेक लमजुङका प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले बाल अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए ।


विद्यार्थीलाई तालिम तथा पत्रिका प्रकाशनका लागि असल छिमेकी सहयोगी संघले सहयोग गरेको संघका फिल्ड सहजकर्ता शुभाष पौडेलले जानकारी दिनुभएको छ ।

Posted on:August 28, 2009, 7:35 am

No comments:

Post a Comment