Sunday, June 5, 2011

पासाचौरका घरघरमा पक्की शौचालय निर्माण गाउँ खुला दिसामुक्त क्षेत्र

आश गुरुङ 'प्रतीक'
Relly ma Gaun ka youba youbati haruलमजुङ, भदौ ४ गते ।
लमजुङको सदरमुकाम वेसीशहरसंगै जोडिएको बाँझाखेत गाउँ विकास समिति वडा नं। ९, पासाचौरका घरघरमा पक्की शौचालय निर्माण गरिएको छ ।
एकदुर्इवर्षघि पाखपखेरा तथा खेतवारीमा दिसापिसाव गर्दै आएका स्थानीयवासिन्दा अहिले शौचालयमा दिसापिसाव गर्न थालेकाछन् ।
सदरमुकाम वेसीशहरवाट पाँच किलोमीटर पुर्वतर्फपर्ने पासाचौर गाउँका २२ घर गुरुङ, १३ घर क्षेत्री र आठ घर दलित गरि ४३ घरमा शौचालय निर्माण गरिएको छ । घरघरमा शौचालय निर्माण भएपछि उनीहरुले गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा समेत गरेकाछन् । घरघरमा शौचालय निर्माण भएपछि स्थानीयवासिन्दाले स्थानीय कालिका प्राथामिक विद्यालयको प्राङ्गणमा नाचगान गर्नुका साथै दिनभर खुसीयाली मनाएकाछन् ।


वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोग तथा स्थानीय सितामाई आमा समूहको सक्रियतामा पासाचौरका घरघरमा शौचालय बनेको हो । शौचालय निर्माण सम्पन्नपछि आयोजित खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ग्रीन सोर्साईटीका केन्द्रीय महासचिव देवेन्द्र पौडेलले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताउनुभयो । कार्यक्रममा वर्ल्ड भिजनका रामहरि अधिकारी, पोखरा विश्वविद्यालयका प्राध्यपक तुलसी भण्डारी, कालिका प्राथामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर भण्डारी, विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा, वर्ल्ड भिजनका सरस्वती भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् आश गुरुङ 'प्रतीक', भाविश्य निर्माण प्रावि पाङ्ग्रे क्यूका प्रअ बालकृष्ण खनिया, पासाचौर वातावरण समूहका भीमकुमारी गुरुङ, कन्यादेवी आमा समूह पुमागाउँका सुकमाया गुरुङ, सुन्दरीडाँडा आमा समूहका काशीमाया गुरुङ, शान्ति युवा क्लव पासाचौरका नमिता भण्डारी लगायतले आमा समूहले गरेको कार्यको प्रशंसा गरेका थिए ।


गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि स्थानीयवासिन्दाले विभिन्न प्लेकार्डसहितको नाराबाजी गरेर गाउँ परिक्रमा गरेका थिए । गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यन्वयन गर्नका लागि स्थानीय वासिन्दाले शौचालय बाहिर दिसापिसाब गरेमा एकसय रुपैँया जरिवाना गर्ने र देख्नेलाई ५० रुपैँया पुरस्कार दिने साथै बाहिरी गाउँकालाई पाचास रुपैँया जरिवाना गर्ने र देख्नेलाई २५ रुपैँया पुरस्कार दिने घोषणा गरिएको छ ।


सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्‍याएको भन्दै ग्रीन सोसाइटीका महासचिव देवेन्द्र पौडेल, कार्यक्रम संयोजक बिमला पौडेल, सहजकर्ता शकुन्तला भण्डारी र वर्ल्ड भीजनका सरस्वती भण्डारीलाई सितामाई आमा समूहले सम्मान गरेका थिए । त्यस्तै, वातावरण र सरसफाई क्षेत्रमा काम गरेर गाउँमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै ग्रीन सोर्साईटीले आफ्ना १५ जना वास भोलिन्टियरलाई सम्मान गरेको थियो ।


कार्यक्रम स्थानीय सितामाई आमा समूहकी अध्यक्ष यमकुमारी भण्डारीको अध्यक्षमा भएको थियेा भने सरस्वती गुरुङले संचालन गर्नुभएको थियो ।

Posted on:August 20, 2009, 10:03 pm

No comments:

Post a Comment