आश गुरुङ 'प्रतीक'

लमजुङको बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ५, नजरेगाउँलाई घरको आँगनबाटै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोगमा लालीगुराँस आमा समूहले गाउँका ४० घरमा शौचालय निर्माण गरेपछि स्थानीय मोहनबहादुर गुरुङको आँगनमा एक कार्यक्रमको आयोजना गरि गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । ३५ गुरुङ र नौ घर दलितको गरि कुल ४४ घर रहेको नजरे गाउँमा यसअघि चारवटा शौचालय थियो ।
खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई संवोधन गर्दै स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताउनुभयो । कार्यक्रममा सोर्साईटीका महासचिव देवेन्द्र पौडेल, वर्ल्ड भिजनका रामहरि अधिकारी, पत्रकार आश गुरुङ 'प्रतीक', गाविस सचिव नवराज पराजुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कमल अर्याल, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङ शिक्षक अमिराज गुरुङ लगायतले आमा समूहले गरेको कार्यको प्रशंसा गरेका थिए ।

सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्�याएको भन्दै ग्रीन सोसाइटीको कार्यक्रम संयोजक विमला पौडेल, वर्ल्ड भिजनका रेणुका ठकुरी र उत्प्रेरक नुनकाशी गुरुङलाई पछ्यौराद्वारा सम्मान गरिएको थियो । कार्यक्रम स्थानीय लालीगुराँस आमा समूहकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको थियो ।
Posted on:August 6, 2009, 11:56 pm
No comments:
Post a Comment