Sunday, June 5, 2011

पश्चिमाञ्चलकै सवैभन्दा उत्कृष्ठ खानेपानी प्रशोधन केन्द्र

आश गुरुङ 'प्रतीक'
Khane pani bhaban banaudaiलमजुङ, साउन २६ गते ।
लमजुङको सदरमुकाम वेसीशहर गाउँ विकास समिति वडा नं. ९, ठूलोपँधेरोमा पश्चिमाञ्चलकै सवैभन्दा उत्कृष्ठ खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयको खानेपानी तथा ढल निकास विभागको ८० प्रतिशत र २० प्रतिशत स्थानीय जनसहभागितामा निर्माण थालिएको खानेपानी प्रशोधन केन्द्रको ७० प्रतिशत निर्माणकार्य सकिएको छ ।


कुल एक करोड ८८ लाख ८९ हजारको लागतमा निर्माण हुन लागेको खानेपानी प्रशोधन केन्द्रले प्रति सेकेन्ड १७ लिटर पानी प्रशोधन गरिने छ । एकलाख ५० हजारको तीनवटा र २० हजारको तीनवटा ट्याङ्कीमा गरि पाँचलाख १० हजार लिटर प्रशोधित पानीवाट सदरमुकाम वेसीशहरका २० हजार सवैसाधारण प्रत्यक्ष लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका प्राविधिक सल्लाहकार एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङका निमित्त प्रमुख कमल अर्यालले जानकारी दिनुभयो । खानेपानी प्रशोधन केन्द्रमा नाल्मा र गाउँशहर गाविसको सिमानामा पर्ने डुँढखोलाको प्रतिसेकेण्ट छ लिटर, लभ्ले खोला र महभीरको चार/चार लिटर गरि १४ लिटर र ठूलोपँधेरोको तीन गरि प्रतिसेकेण्ड जम्मा गरिने छ । प्रशोधन केन्द्रको तीनवटा संरचनाबाट पानी थिग्य्राउने, छान्ने र शुद्धिकरण गर्ने प्रकृया पुरा गरि क्लोरिन मिसाएर ९९ प्रतिशत शुद्ध पानीलाई उपभोक्तमाझ पुर्‍याउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेब अधिकारीले वताउनुभयो । खानेपानी प्रशोधन केन्द्रको निर्माण सकिएपछि मर्मत संभार नगरिकन वेसीशहरका वासिन्दाले १५ वर्षम्म शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।


आशिष, माछापुच्छे्र, पराजुली जोईन्ट भेन्चरद्वारा २०६२ साल माघमहिनावाट निर्माणकार्य थालिएको सो खानेपानी प्रशोधन केन्द्र आगामी पुस महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ ।


तस्वीरमाः पानी शुद्धिकरणका लागि संरचना निर्माण गर्दै मजदुरहरु ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:August 10, 2009, 8:22 am

No comments:

Post a Comment