Sunday, June 19, 2011

सुरेश चेपाङलाई उच्च शिक्षाको चिन्ता

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार ३२ गते ।
लमजुङमा पहिलोपटक अल्पसंख्यक चेपाङ जातिवाट एसएलसी उत्तर्ीण्ा एक युवककलाई उच्च शिक्षाको चिन्ताले सताएको छ ।
आर्थिक अवस्था ज्यादै नाजुक रहेका सुरेश चेपाङ आर्थिक अभावका कारण पढ्ने या नपढ्ने दोधारमा परेकाछन् ।
हिलेटक्सार गाउँ विकास समिति वडा नं ५ भीरकुनाका सुरेशले गाउँवाट पहिलोपटक एसएलसी पास गरेपछि उनको परिवारमा खुसीयाली छाएको थियो । तर, त्यो खुसी एकछिनपनि नटिक्दै सुरेशलाई उच्च शिक्षा पढाउन सक्ने या नसक्ने भन्ने चिन्ताले परिवारलाई पिरोल्न थालेको छ । 'छोरो पास भयो भनेर नाक फुकाएर त हिँडे, तर पढाउन सकिन्न होला' सुरेशका ६० वषिर्या बृद्धा आमा बुद्धिमाया चेपाङले भनिन्, 'अहिले सम्म त पढाएँ, अब काम गर्नुको विकल्प छैन ।'

काम गरेर खाने जग्गा जमिन समेत नभएका चेपाङ पविारलाई साँझ विहान छाक र्टार्न पनि मुस्किल छ । 'बाबाको निधन पछि घरमा आर्थिक समस्याले बढीमात्रामा पिरोलेको हो' सुरेशकी दिदी जुनमाया चेपाङले भनिन्, 'घरमा कोही पनि कमाउने नभएपछि भाइको भविश्य अहिले जोखिममा परेको छ ।' सुरेशका बाबु लालबहादुर चेपाङको तीन वर्षअघि दम रोगका कारण ज्यान गएको थियो । घरको काम आफैँ गरेर पनि भाइलाई पढाएको जुनमायाले सुनाईन् । कुनै संघसंस्थाले सहयोग गरेमा भाइलाई पढाएर ठूलो मान्छे बनाउने जुनमायाकोर् इच्छा छ ।
सुरेश चेपाङ पनि कुनै संघसंस्थाले सहयोग गरेमा पढेर ठूलो मान्छे बन्नर्ेर् इच्छा प्रकट गर्छन् । आर्थिक अवस्था नाजुक भएकालाई सरकारले निःशुल्क शिक्षा दिनुपर्ने उनको भनाई छ । उच्च शिक्षाको लागि संवन्धित निकाय, संघसंस्था तथा व्यक्तिसंग सहयोग गरिदिन उनले आग्रह समेत गरेकाछन् ।

सुरेशका एक दाज्यु १२ वर्षेखि विदेशमा छन् । उनले घरमा केही सहयोग गरेका छैनन् । समुन्द्रपार गएदेखि एकपटक पनि फर्केर नआएको चेपाङ परिवारले सुनाए । सुरेशका अर्का दाज्यु गाउँमै काम गर्छन् । गाउँमा काम गरेर कमाएको केही खाद्यान्नले छाक समेत र्टन नसकेपछि चेपाङ परिवारलाई वर्षौँदेखि आद्यान्न साथै आर्थिक समस्याले पिरोलेको छ ।

चिती गाविसको तिलाहारस्थित जनकल्याण उच्चमावि बाट परीक्षामा सामेल सुरेश चेपाङले ३ सय ७२ नम्बर अर्थात् ४६ दशमलब ५ प्रतिशत नजिता ल्याएर प्रवेशिका उत्तर्ीण्ा गरेका हुन् ।
हिलेटक्सारको भिरकुनामा २ घरपरिवार र चिति गाविस वडा नं ६ स्थित चेपाङटारमा ८ घरपरिवार गरि लमजुङमा झण्डै ७० जनाको संख्यामा चेपाङ परिवार छन् ।

जग्गा जमिन केही नभएका चेपाङहरु कोही अरुको जग्गामा बसेर अधियाँमा कमाएर वस्दै आएकाछन् भने कोही पाखोवारी खनजोत गरि काम गरेर जीवनयापन गर्दै आएकाछन् ।
Suresh Chepang

Posted on:July 17, 2010, 4:15 am

No comments:

Post a Comment