Sunday, June 19, 2011

साउन नलाग्दै हरियो चुरा किन्नेको ओइरो

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार ३१ गते ।
महिलाहरुले विशेषतः साउन महिनामा हरियो चुरा लगाउने गरेपनि लमजुङमा यस पटक साउन नलाग्दै हरियो चुराको प्रयोग बढेको छ ।
असार अन्तिम साताबाट हरियो चुरा किन्ने र लगाउनेको संख्या बढेपछि हरियो चुराको ब्यापार फष्टाएको हो । बषर्ामा अन्य व्यापार सुस्ताए पनि यसका व्यवसायीले मनग्ये आम्दानी गर्न थालेकाछन् । सदरमुकाम बेसीशहरमा मात्र होइन गाँउघरमा रहेका चुरा पसलमा समेत चुरा किन्नेको भिड लागेको छ ।

केहि दिनयता चुरा पसलमा दैनिक औसत २५ देखि ३० हजार सम्मको चुरा विक्री भए को चुरा ब्यापारीहरुको अनुमान छ । त्यसो त हरियो चुरासँगै हरियो र पँहेलो रंगको वस्त्र लगाउनेहरु पनि त्यत्तिकै मात्रामा छन् ।
साउन नलाग्दै वालिका देखि बृद्धासम्मका हात हरियो चुराले सजिएका छन् । नेपाली नारीलाई विस्वास छ, साउनमा हरियो चुरा लगाउँदा मनले इच्छाएको पुग्छ । त्यसैले सवै एक अर्काको सिको गर्दै हरियो चुरा लगाउने गरेकाछन् ।

विवाहिता नारीले पतिको दर्ीघायूको कामना गर्दै चुरा लाउँछन् भने अविवाहितले राम्रो पति पाउन भनेर । 'साउन महिना भगवान् महादेवलाई मन पर्ने महिना र यस महिनामा भगवान महादेवलाई बढी मात्रामा हरियो मन पर्छ भन्ने बुढापाकाको भनाई छ । भगवान महादेवका लागि बढी मात्रामा यो महिनामा सोमबार ब्रत गरी महादेवलाई खुसी पार्ने पनि गर्दछन् । त्यसै अनुरुप नारीहरुले साउन महिनामा हरियो चुरा लगाई महादेव खुसी पार्ने दिग्भ्रम समाजमा रहेको छ ।

जनविकास कलेज बेसीशहरमा अध्यनरत प्रतिमा गिरीले आफूले साउन नलाग्दै हरियो चुरा लगाएर सोमवारको ब्रत शुरु गरेको बताइन । आफ्नो नाडीको चुरा खेलाउँदै भन्छिन, 'खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ ।'
हरियो चुरा सम्बन्धि कुनैपनि शास्त्रमा केही उल्लेख गरिएको पाइँदैन । नत कुनै किम्बदन्ति नै । मर्स्याङदी बहुमुखी क्याम्पसमा अध्ययनरत शिवमाया गिरी हरियो चुरा लगाउनु फेशनकै रुपमा चलेको वताउँछिन् । आफू लगायत साथीहरुले हरियो चुरा किनिसकेको गिरीको भनाई छ ।

कतिपयले हरियो चुरा लगाइसकेपछि चर्काउनु वा फुटाउनु हुँदैन भनेर साउन महिनाभरि होसीयारि अपनाउँछन् । कहिल्यै हरियो चुरा नलगाउने नारीहरुले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको वताएकाछन् । नारीहरुमा साउन महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसलेपनि मख्ख छन ।

तस्विरमा हरियो चुरा लगाउँदै लमजुङ वेसीशहरका युवातीहरु ।




Posted on:July 15, 2010, 7:00 am

No comments:

Post a Comment