Sunday, June 19, 2011

लमजुङमा ९० प्रतिशत रोपाई सकियो

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
लमजुङ, साउन ३ गते ।
लमजुङमा गत सालभन्दा यसवर्षसमयमै धान रोपाइँ कार्य भएको छ । समयमै मनुुसुनी वषर्ा भएका कारण हालसम्म झण्डै ९० प्रतिशत धान खेतमा रोपार्ँइ सकिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले जिल्लाको धानखेती गर्न योग्य जमिनमा समयमै धान रोपाइँ कार्य गरिएको जनाएको छ । बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तले जिल्लाको ६१ वटै गाविस धान खेति गर्नको लागि योग्य रहेको जानकारी दिए । जिल्लाको १६ हजार हेक्टर जमिन धान खेतिको लागि उपयुक्त भएपनि ३६ प्रतिशत जमिनमा मात्र सिँचाईको सुविधा रहेकाले मनसुन पानीको भरमा कृषकहरुले धान रोपेको उनले वताए ।

गतवर्षजिल्लामा ३६ हजार मेटि्रक टन धान उत्पादन भएकोमा यसवर्षसमयमै वषर्ा भएकाले ४० हजार मेटि्रक टन उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ । वषर्ा समयमै भएको कारण यसवर्षमकैको उत्पादन समेत राम्रो हुने भएको छ । गतवर्षचितवनमा हाईव्रिड जातको मकैमा दाना नलागेपछि जिल्लाका किसानहरुमा पनि हाईव्रिड जातको अन्नबालीमा अविश्वास जागेको छ ।
विगतका वर्षरुमा लमजुङका किसानहरु हाईव्रिड जातको धानको विउ लिनको लागि उल्लेख्य रुपमा आउने गरेपनि यसवर्षन्यून रुपमा मात्र किसानहरु हाईव्रिड जातको धानको विउ लिन आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विशेषगरि सुन्दरबजार, भोर्लेटार र धमिलिकुवा गाविसका किसानहरु हाईव्रिड जातको धानको विउ लिन आउने गरेकोमा यसवर्षत्यो संख्यामा ह्रास आएको कार्यालयले जनाएको छ ।




Posted on:July 19, 2010, 1:54 am

No comments:

Post a Comment