Sunday, June 19, 2011

पहिरोले तीस लाख बढीको क्षति

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
लमजुङ, असार २२ गते ।
लमजुङको गाउँशहर गाउँ विकास समिति वाड नम्बर ३ स्थित साउने खोलामा गएराती बाढीपहिरो हुँदा तीसलाख बढीको क्षति भएको छ ।
अविरल बषर्ासंगै खोलामा आएको बाढी बस्तीमा पस्दा आधा दर्जन बढी घर, पसल, बिद्यालय र बेसीशहर-डुम्रे सडकको रानीकुवा सडक खण्डमा क्षति पुग्दा तीसलाख ५० हजार ७ सय ५२ रुपैया बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।

गएरातीबाट लगातार परेको बषर्ाले साउने खोलाको बाढी बस्तीमा पस्दा गाउँशहर गाउँ विकास समिति वडा नम्बर-३ रानीकुवाका बुद्धि बहादुर अधिकारीको घर, शौचालय र जग्गामा क्षति पुर्‍याउँदा १५ लाख, डिल्लीराज घिमिरेको ४ लाख र सुमन अघिकारीको २ लाख लगायत अन्य भाडामा पसल संचालन गर्दे आएकाहरुको समेत गरि क्षति पुर्‍याएको हो ।

बाढीका कारण पुरै बस्ती, बिद्यालय, पसल अस्तव्यस्त हुनुको साथै बेसीशहर-डुम्रे सडकको रानीकुवा खण्डमा सडक अबरुद्ध भएपछि नेपाली सेनाको रणबम गण, जिल्ला प्रहरी कार्यालय लमजुङ र बेसीशहर-चामे सडक निर्माण कार्यगणको सयुक्त प्रयासमा पहिरो पन्र्छाईएको हो ।
सडकको पहिरो हटाएर विहान देखी अबरुद्ध भएको सडकमा दिउँसोदेखि यातायात संचालनमा आएको छ ।


तस्वीर सौजन्य नवीनराज कुइँकेल, लमजुङ
Landslide in Gaunsahar VDC
Army clearing the road
Landslide in Gaunsahar VDC
Nepal Army helping the public
Landslide in Gaunsahar VDC
The people collecting their belongings
Landslide in Gaunsahar VDC
Landslide in Gaunsahar VDC
Landslide in Gaunsahar VDC

Posted on:July 6, 2010, 11:04 pm

No comments:

Post a Comment