Monday, June 13, 2011

लमजुङमा घलेगाउँ महोत्सव सकियो

आश गुरुङ 'प्रतीक',
घलेगाउँ -लमजुङ), जेठ ८ गते ।
र्सार्क राष्ट्रको नमुना मानिएको घलेगाउँमा यस पटक धुमधामसंग ११ औँ घलेगाउँ महोत्सव मनाईएको छ ।
आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन बर्ष२०११ लाई सफल पार्न गत विहिवारदेखि आयोजना गरिएको महोत्सव आज शनिवार सकिएको छ ।

महोत्सवमा गुरुङ समुदायमा प्रचलित घाँटू, सोरठी, सर्ेका, घ्याबे्र, कृष्ण चरित्र लगायतका नृत्यहरु साथै हस्तकलाका सामाग्रीहरुको पर््रदर्शन गरिएका थिए ।

समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईमा रहेको घलेगाउँमा आयोजना गरिएको महोत्सव यसअघि बैशाख २३ गते प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने भनिएकोमा देशको राजनीतिक परिस्थितिका कारण हुन सकेन । एकीकृत माओवादीको हड्तालका कारण पछि सारिएको महोत्सवलाई विहिवार संविधान सभा सदस्य एवं पर्ूव पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

यसैगरि, पर्यटन वर्षसन् २०११ को औपचारिक घोषणा पनि घलेगाउँवाट नै घोषणा गरिएको छ । घोषणा कार्यक्रममा पर्ूवमन्त्री गुरुङले एक परेवाको जोडी उडाएका थिए । ११ औँ घलेगाउँ महोत्सवको अवसर पारेर पर्यटन गुरुयोजना निर्माण समितिले सन् २०११ भरि आयोजना गर्ने कार्यक्रमका वारे जानकारी गराएको छ । लमजुङमा पर्यटन बर्षसन् २०११ मा एकलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
ग्रामीण पर्यटन पर््रवर्द्धन गरि स्थानीय कला संस्कृतिको संरक्षण गर्न घलेगाउँका वासिन्दाले २०५७ सालदेखि हरेकवर्षमहोत्सवको आयोजना गर्दै आएको छ ।

उत्तरपर्ूवमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपर्ूण्ा दोस्रो र माछापुच्छे्रको मनमोहक दृश्यसंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो हुन्छ ।
Ghalegaun Mahotsav 2067

Posted on:May 22, 2010, 6:42 am

No comments:

Post a Comment