Monday, June 13, 2011

माओवादी अवरोधले माथिल्लो मर्स्याङ्दी-२ तीन महिनादेखि अलपत्र

आश गुरुङ 'प्रतीक',
लमजुङ, जेठ ५ गते ।
माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको अध्ययन कार्य एकीकृत माओवादीको अवरोधका कारण तीन महिनादेखि अलपत्र छ ।
छ सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने अनुमति पाएको जलविद्युत परियोजनामा माओवादी भातृसंगठन तमू राष्ट्रिय मुक्ति मोर्चाले झण्डा गाढेपछि फागुन ३ गतेदेखि अध्ययनकार्य बन्द भएको हो ।

परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन -डीपीआर) कार्य अघि बढाउन जिल्ला र केन्द्रीय तहमा पटक पटक छलफल भएपनि सहमति हुन नसक्दा परियोजनाको भविश्य नै अन्यौलमा परेको छ । मुक्ति मोर्चाले परियोजना राष्ट्रिय हित बिपरित निर्माण हुन लागेको भन्दै वन्द गराएको हो ।

भारतीय पर््राईभेट कम्पनी जीएमआरको ८० र हिमताल हाईड्रो पावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजना माओवादीले अवरोध नगरे एक महिनाअघि नै अध्ययनकार्य पुरा भएर निर्माणको क्रममा जाने थियो । अध्ययन कार्य १० प्रतिशतमात्रै बाँकी रहँदा अवरोध भएपछि परीक्षणस्थलनै व्रि्रने खतरा बढेको परियोजनाले जनाएको छ । 'पटक पटक नरोक्न आग्रह गर्दै आएका छौँ', परियोजनाका प्रवन्धक रामहरि शर्माले भने, 'अन्तिम समयमा आएर काम रोक्नुपर्दा हामी अन्यौलमा परेका छौँ ।'

मनाङको धारापानी गाविस १, सिरानतालमा बाँध बाँधेर लमजुङको ताघ्रिङ गाविस २ स्याँगेमा पावर हाउस र सुरुङका लागि विस्तृत र्सर्भे भईरहेको परियोजना बन्द हुँदा संरचना समेत व्रि्रने अवस्थामा पुगेको छ । एकीकृत माओवादीका जिल्लार् इन्चार्ज देवेन्द्र पराजुलीले राष्ट्रघाती परियोजना भएकाले काम बन्द गर्नुपर्ने वताए । 'देश अन्धकारमा राखेर सवै विजुली भारत लाने योजनालाई हामी सफल हुन दिन्नौँ', उनले भने, 'राज्यको पुनर्संरचनासंगै श्रोतसाधन र अधिकारको बाँडफाँड भएपछिमात्र परियोजना संचालन गर्ने र नगर्ने कुरा गर्न सकिन्छ ।'
परियोजना बन्द भएपछि स्थानीयवासिन्दा भने औपचारिकतामा अनभिज्ञ प्रकट गर्छन् । स्थानीय होटल ब्यवसायी अञ्जु गुरुङले विजुली निकाल्ने कुरामात्रै सुनेको वताईन् । चिप्ला घर भई हाल स्याँगे बजारमा वस्दै आएका कालबहादुर गुरुङले माओवादीको ठूलो समूह आएर स्थानीयवासिन्दालाई केही नभनि २ वटा रातो झण्डा गाढेर गएको वताए ।

स्थानीयवासिन्दाको नाममा माओवादी समर्थित मोर्चाले एकतर्फी रुपमा गरेको बन्दलाई भने माओवादीबाहेकका राजनीतिक दलले भने विरोध जनाएका छन् । 'साझा सरोकारको विषयमा कसैसंग सल्लाह नगरि एक्लो निर्ण्र्ाागर्नु ठिक हैन', जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष जमिन्द्रमान घलेले भने, 'यसले हाम्रो जस्तो पूँजी र प्रविधि नभएको मुलुकलाई ठूला घाटा पुग्छ ।' मुक्ति मोर्चाले उठाएको विषय सकरात्मक भएपनि प्रक्रिया गलत भएको उनको तर्क छ । नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्ण कोईरालाले माओवादीले राजनीतिसंग जोडेर विकासलाई अवरोध गर्न नमिल्ने वताए ।

राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठले माओवादी कार्यप्रति तीब्र असन्तुष्टि जनाउँदै विकास निर्माणका लागि बाधक नबन्न माओवादीलाई सुझाव दिए । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले भने परियोजना संचालन गर्न भन्दै त्यसका लागि आवश्यक सुरक्षाकर्मी दिने वताएकाछन् । परियोजनाका महा प्रवन्धक दीलिप कुमार सिंहले सवैको सहमतिमा मात्रै परियोजना संचालन गर्न सकिने वताए । आयोजनाको काम सूचारु गर्नका लागि सवै राजनीतिक दललाई सहयोग गरिदिन उनले आग्रह गरेकाछन् । स्थानीय जल पर््रवर्द्धन तथा सरोकार समितिका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले र्सवपक्षिय र र्सवदलीय बैठक जति डाकेपनि सफल हुन नसकेको वताए ।

अध्ययनको क्रममा रहेको माथिल्लो माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजना ९ सय मेगावाटको माथिल्लो कर्ण्ााली र ७ सय ५० मेगावाटको पश्चिम सेतीपछिको तेश्रो ठूलो परियोजना हो । झण्डै ७० अर्व रुपैँयाको लगानीमा निर्माण हुने भनिएको परियोजनाले निर्माण कार्य थालेको ५ वर्षभत्र विद्युत उत्पादन गर्ने अध्ययनले देखाएको छ ।

तस्वीरमा
१, माओवादीसम्मिलित तमू राष्टिय मुक्ति मोर्चाले फागुन ३ गते गाढेको झण्डा ।
२, माओवादीको झण्डा हर्टाईएपछिको सुनसान सुरुङको तस्वीर ।
तस्वीरः आश गुरुङ 'प्रतीक'
Upper marsyandi hydro project
Upper marsyandi hydro project

Posted on:May 20, 2010, 3:35 am

No comments:

Post a Comment