Tuesday, June 7, 2011

भूमिमाथि पूर्ण अधिकार हुनुपर्ने धारण

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ५ गते ।
भुमिमाथि जनताको पुर्णअधिकार हुनु पर्ने र भुमि तत्काल ब्यबस्थापन हुनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएकाछन् ।
मानव अधिकार तथा ग्रामीण वातावरण समाज सफर लमजुङले सदरमुकाम वेसीशहरमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले जमिन मात्र ओगटेर बस्ने र खेति नगर्नेलाई जग्गाको कर बृद्धि गर्नु पर्ने वताए ।

भुमि ब्यवस्थापन सम्बन्धी कार्यशाला गाष्ठीमा सहभागीहरुले भुमिलाई चक्ला बन्दी गरेर खेति गरिनु पर्ने, भुमिलाई पुर्णरुपमा ब्यबस्थापन गरिनु पर्ने, राज्यले निश्चित मापदण्ड बनाउनु पर्ने, वास्तबिक सुकुम्बासीको पहिचान हुनुपर्ने, समान बितरण हुनुपर्ने समेत वताएका थिए ।
सुकुम्बासीलाई जग्गा बितरण गर्दैमा समस्या समधान नहुने भन्दै बक्ताहरुले राज्यले हाल सम्म बनाएको कानुन फितलो भएको र कानुन भएर पनि कार्यन्वयन हुन नसक्दा समस्या भएको टिप्पणी गरेका थिए ।


कार्यक्रममा एकीकृत नेकपा माओवादीका सुरेन्द्र बोहोरा, नेपाली कांग्रेसका अर्जुन पराजुली, नेकपा एमालेकी लक्ष्मी अधिकारी, राप्रपाका बाल चन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान 'संगीत' नेपाली, राजनीतिक पार्टीका पेशागत संघ सस्थाका प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा भूमि ब्यवस्थापन सम्मन्धि कृषि कार्यलय लमजुङका बरिस्ठ कृषि अधिकृत किशोर पन्तले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सफर लमजुङका अध्यक्ष बुद्धि सागर बरालको अध्यक्षतामा भएको थियो ।

Posted on:December 20, 2009, 2:20 am

No comments:

Post a Comment